आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछन् । धर्मकर्म तथा समाजसेवामा रुचि बढ्नेछ । प्रेम तथा मित्रताको सम्बन्ध प्रगाढ बन्नुका साथै दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । आज भगवान् लक्ष्मीनारायणको दर्शन गरी पारिवारिक सुख र समृद्धिको कामना गर्नुहोला ।
कार्तिक महिनामा लामो समयदेखि रोकिएका तथा अधुरा कार्यहरू पूरा हुनेछन् । पढाइ–लेखाइमा उल्लेख्य सुधार आउनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ हुनुका साथै दाम्पत्य जीवनमा सुख र सन्तोष प्राप्त हुनेछ । विशेषगरी विदेशमा अध्ययनरत विद्यार्थीहरूका लागि समय अनुकूल रहनेछ र सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । मुद्दामामिलामा समेत अनुकूल परिणाम प्राप्त हुने योग रहेको छ । कुनै शुभकार्य गर्नुअघि भैरवजीको दर्शन गरी कार्यको सुरुवात गर्नाले विशेष सफलता प्राप्त हुनेछ ।
मीन राशि हुनेहरूका लागि यो वर्ष भौतिक सुखमा बढोत्तरी हुनेछ । घर परिवारमा शुभ तथा मांगलिक माङ्गलिक कर्यक्रमको आयोजना हुने योग छ । बृहस्पतिले कीर्ति बढाउने र सुखको अनुभूति दिलाउनेछ ।
राजकीय पद प्रतिष्ठा प्राप्तिको योग पनि छ । शनिको मध्य साढेसातीको गोचरले भने चिन्ता, हानी, वाधा, ढिला सुस्ती र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुविधा गराउनेछ । घर जग्गा, वाहन, लत्ता कपडा तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । तरल पदार्थ र वैदेशिक व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ ।
शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्नेछ । पार्टनरसिपमा गरेको कार्यमा विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले जेठ, भदौ, र माघ महिना राम्रो हुनेछ । यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडिनेछ साथै प्रेम र मित्रताको बन्धन कसिलो हुने र प्रेम सम्बन्धलाई विवाहमा परिणत समेत हुन सक्छ ।
अन्य सम्बन्ध भने सामान्य रहनेछ । वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । आई. टी. र शोध विषयका विद्यार्थीहरूले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून र वाणिज्य विषयका विद्यार्थीहरूको लागि भने यो वर्ष कमजोर हुनसक्छ ।
यो वर्ष लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अत: लगानी गर्नु पूर्व विचार गर्नु पर्छ । सरकारी जागिरेलाई सरुवा र बढुवाको योग भने छ । एजेन्ट, समाजसेवा तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।
यो वर्ष स्वास्थ्य सामान्य नै छ तर असार महिना बाट हड्डी, मानसिक, तथा छालासँग सम्बन्ध समस्या बढ्नसक्छ र आफ्नो हितैषीको औषध उपचारमा धन खर्च पनि बढ्नेछ । राम्रो स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास असहायलाई सहयोग गर्नाले गर्नु नै उपयुक्त हुनेछ ।
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहीवार शिव भगवानको दर्शन / पूजा गरि कार्य गर्नाले र सत्वीक भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक सोमबार निमुखा प्राणीलाई खानेकुरा दिने,वृद्धजनलाई सहयोग गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।