Trending
Prev Story
Next Story

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको …

अब पञ्जीकरण विभागको विवरणबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने

१२ कात्तिक, काठमाडौं । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीको विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्न सकिने भएको छ । यसबारे निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच बिहीबार समझदारी भएको छ ।

समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्र कुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक  कृष्ण पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण उपयोग गरिनेछ ।

समझदारीअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणहरू सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ ।

आयोगले प्राप्त विवरण मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्न उपयोग गर्नेछ । विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइनुका साथै समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषयहरू सम्वोधन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ ।

यस समझदारीको कार्यान्वयनबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्यलाई थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसबाट मतदाता नामावलीमा शुद्धता कायम गर्न तथा निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा सूचना प्रविधिको उपयोगलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास आयोगले लिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक हुने

व्यक्तिगत घटना दर्ताको विवरणबाट मतदाता नामावली अद्यावधिक हुने

मतदाता नामावली अद्यावधिक एवं विवरण प्रमाणीकरण गर्ने कार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

#मतदाता #नामावली #अद्यावधिक
Compare →
Hamro Patro News
2w ago
मतदाता नामावलीबाट दुई लाखभन्दा बढीको नाम हट्यो, किन ?

मतदाता नामावलीबाट दुई लाखभन्दा बढीको नाम हट्यो, किन ?

काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका, दोहोरो नाम परेका, नाम रद्द भएका तथा नागरिकता त्यागेका गरी दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ। आयोगका अनुसार हटाइएकामध्ये ४५ हजार ३२२ ...

#मतदाता #नामावली
Compare →
Bizshala
3w ago
अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने,...

#मतदाता #नामावली
Compare →
Ekantipur
3w ago
भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति

जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन्

#मतदाता
Compare →
Setopati
2w ago
१५ औं महाधिवेशनका पदाधिकारी र सदस्य अद्यावधिक गर्न निर्वाचन आयोग जाँदै कांग्रेस

१५ औं महाधिवेशनका पदाधिकारी र सदस्य अद्यावधिक गर्न निर्वाचन आयोग जाँदै कांग्रेस

१५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न नेपाली कांग्रेस निर्वाचन आयोग जाने भएको छ।

#अद्यावधिक
Compare →

Related Stories

Technology
Build #2611