Trending
Prev Story
Next Story

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

Bizshala •
October 17, 2026 • 04:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने,...

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख ९१ हजार पुगे

काठमाण्डौ । निर्वाचन आयोगले अद्यावधिकसहितको अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु वा दोहोरो विवरण हटाउने प्रक्रिया पूरा गरेपछि आयोगले असोज ३० गते अन्तिम नामावली प्रकाशन गरेको हो।

अन्तिम मतदाता नामावलीअनुसार देशभर कुल मतदाता संख्या १ करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। जसमध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य समूहका २१४ जना छन्।

यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि कायम अन्तिम नामावलीमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए। त्यसको तुलनामा अहिलेको अन्तिम नामावलीमा १ लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।

निर्वाचन आयोगले २०८२ चैत २२ गतेदेखि मतदाता नामावली अद्यावधिकको काम नियमित रूपमा सञ्चालन गरेको थियो। यस अवधिमा नयाँ नाम दर्ता, विवरण सच्याउने, ठेगाना सार्ने तथा मृत्यु भएका व्यक्तिको नाम हटाउने लगायतका काम गरिएको थियो।

आयोगले २०८३ भदौ १५ गतेसम्म नाम दर्ता गरेका र सोही मितिसम्म १८ वर्ष उमेर पूरा गरेका व्यक्तिलाई समेटेर असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको थियो। प्रारम्भिक नामावलीमा कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समावेश थियो।

उक्त अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम मतदाता सूचीमा थपिएको थियो। त्यस्तै नियमित अद्यावधिक क्रममा मृत्यु, दोहोरो नाम तथा नागरिकता त्याग वा रद्द भएका कारण ३९ हजार ८० जनाको नाम हटाइएको थियो।

प्रारम्भिक नामावली प्रकाशित भएपछि दाबी–विरोध तथा विवरण जाँचको प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा मृत्यु भएका ४५ हजार ३२२ जना तथा दोहोरो नाम, नागरिकता त्याग वा रद्द र अन्य कारणबाट थप १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको आयोगले जनाएको छ।

यसरी प्रारम्भिक सूचीबाट कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाएर अन्तिम मतदाता नामावली कायम गरिएको हो।

आयोगले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा स्थानीय तहअनुसारको मतदाता विवरणसमेत आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
13h ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#अन्तिम
Compare →
Hamro Patro News
1d ago
अन्तिम संस्कारसमेत खोसिएको त्यो क्रूर अपराधः दोषी ठहरियो नरेश भट्ट

अन्तिम संस्कारसमेत खोसिएको त्यो क्रूर अपराधः दोषी ठहरियो नरेश भट्ट

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित अदालतमा केही दिनअघि सुनिएको एउटा अन्तिम बहसले संसारभर छरिएका नेपाली समुदायलाई स्तब्ध बनायो। दुई वर्षभन्दा लामो प्रतीक्षा, अथक खोजी र अनगिन्ती आशंकाबीच चलेको ममता...

#अन्तिम
Compare →
Ekantipur
1d ago
जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

#अन्तिम
Compare →

Related Stories

Business & Economy
Build #2611