काठमाडौँ- संघीय संरचनाअनुसार शिक्षा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने, प्रदेश विश्वविद्यालयहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा उच्च शिक्षाको गुणस्तर सुधार गर्ने विषयमा साझा रणनीति तय गर्न हेटौँडामा प्रदेशस्तरीय शैक्षिक सम्मेलन सुरु भएको छ।
संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री, प्रदेश विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञहरू सहभागी छन्। सम्मेलन कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )