ताप्लेजुङ, कात्तिक १२ गते । खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको इवाखोला जलविद्युत् आयोजनाको उत्पादन पाँच महिनादेखि ठप्प रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमानास्थित इन्द्रावतीखोलाबाट उत्पादन गरिएको ९.९ मेगावाट क्षमताको आयोजना पाँच महिनादेखि ठप्प रहेको हो ।
रिडी हाइड्रोपावर लिमिटेडद्वारा उत्पादित उक्त जलविद्युत् आयोजना गत जेठदेखि ठप्प रहेको छ । जेठ ८ गते राति इन्द्रावतीखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको आयोजनाको उत्पादन ठप्प बनेको छ । भीषण वर्षासँगै खोलामा आएको बाढीले आयोजनाका अधिकांश संरचनामा क्षति गरेका कारण उत्पादन ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )