Trending
Prev Story
Next Story

उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र

Nagarik News •
October 29, 2026 • 05:48 AM
1
1 reads 0 reactions

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

उत्तर कोरियाले दक्षिण कोरियातर्फ प्रहार गर्यो १० क्षेप्यास्त्र

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

सीमा क्षेत्रमा प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने चेतावनी दिएको केही दिनपछि यो प्रक्षेपण भएको हो।

दक्षिण कोरियाली सेनाले पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाएको जनाएको छ।

सेनाले निगरानी बढाउनुका साथै अमेरिका र जापानसँग सूचना आदानप्रदान गरिरहेको छ।

गत महिना बारुदी सुरुङ विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएपछि दुई कोरियाबीच तनाव थप चुलिएको छ।

सियोलले सेप्टेम्बर २१ को विस्फोटका लागि उत्तर कोरियालाई दोष दिएको छ।

तर, प्योङयाङले आफ्नो संलग्नता अस्वीकार गर्दै उक्साइएमा प्रतिकार गर्ने चेतावनी दिएको छ।

गत साता उत्तर कोरियाले दक्षिण कोरियाली सैनिकले सीमामा बारम्बार चेतावनी गोली चलाएको आरोप लगाउँदै प्रचार प्रसारण पुनः सुरु गर्ने र नयाँ हतियार तैनाथ गर्ने बताएको थियो।

दक्षिण कोरियाले सम्भावित सैन्य झडप रोक्न सीमाबारे वार्ता गर्न प्रस्ताव गरे पनि उत्तर कोरियाले जवाफ दिएको छैन।

पछिल्ला सातामा उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गरिने क्रुज क्षेप्यास्त्र र हाइपरसोनिक क्षेप्यास्त्रसहित विभिन्न हतियार परीक्षण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किम जोङ उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि उत्तर कोरियाले अमेरिकाबाट ठूला सहुलियत लिन दबाब सिर्जना गर्न खोजेको विज्ञहरूको भनाइ छ।

यसैबीच, किमले शनिबार चीनको सीमावर्ती सहर डान्दोङको भ्रमण गरेका थिए। सन् २०११ को अन्त्यमा सत्तामा आएपछि उहाँको यो छैटौँ चीन भ्रमण हो।

कोरियाली युद्धमा चीनले उत्तर कोरियालाई दिएको समर्थनको स्मरण गर्दै उहाँले चीनसँगको ‘अजेय’ मित्रतालाई अघि बढाउने बताए।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी वाङ हुनिङसँगको भेटमा पनि उनले द्विपक्षीय सहकार्य विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याए।

युक्रेनविरुद्धको युद्धमा रुसलाई सैनिक र गोला बारुद उपलब्ध गराउँदै आएको उत्तर कोरियाले पछिल्ला वर्षमा मस्कोसँगको सम्बन्धलाई प्राथमिकता दिएको थियो।

अहिले भने किमले चीनसँगको सम्बन्ध पनि सुदृढ बनाउन पहल गरिरहेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ११:३३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

कस्ता छन् अर्बौँ डलरको साइबर हमला गर्न सक्ने उत्तर कोरियाली ‘ह्याकर सेना’ ?

उत्तर कोरिया । उत्तर कोरियाले आफ्नो साइबर क्षमता विस्तार गर्न बाल्यकालदेखि नै प्रतिभाशाली विद्यार्थी छनोट गरी ह्याकरको विशेष समूह तयार पारिरहेको दाबी गरिएको छ । यही समूहले गत महिना विश्वकै सबैभन्द...

#कोरिया #उत्तर
Compare →
Bizshala
16h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरिया
Compare →
Onlinekhabar
3d ago
उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

दक्षिण भारतका धेरै ठाउँमा दीपावलीको बिहान मटन करी खाने परम्परा छ । दीपावलीलाई सामान्यतया उत्तर भारतको पर्व मानिए पनि समयक्रमसँगै यो दक्षिण भारतमा पनि लोकप्रिय पर्वका रूपमा स्थापित भएको छ । अहिले दक्षिण भारतमा पनि दीपावली …

#दक्षिण #उत्तर
Compare →
Ekantipur
5d ago
दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

दैलेखको ठाटीकाँधमा हँसिया प्रहारबाट एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

ठाटीकाँध गाउँपालिका–४ का ४० वर्षीय बमबहादुर रावलले हँसिया प्रहार गर्दा स्थानीय चैती पुन मगरको मृत्यु भएको हो।

#प्रहार
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार
Compare →

Related Stories

World News
Build #2611