Trending
Prev Story
Next Story

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

Arthasansar •
October 29, 2026 • 05:34 AM
1
1 reads 0 reactions

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले...

बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै रकम खिच्दै आएको छ । यसैक्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । यसमा निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । यो ८ दिने निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
14h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#बैंकिङ #प्रणाली #निक्षेप
Compare →
Hamro Patro News
1d ago
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणा...

#प्रणाली #रहे
Compare →
Onlinekhabar
11h ago
त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

त्रिविका सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य

२७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सबै विषयलाई सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार त्रिविका पदाधिकारीसँग त्रिविको शैक्षिक गुणस्तर बढाउन सबैमा सेमेस्टर प्रणाली लागू गर्ने गृहकार्य भएको छ …

#प्रणाली
Compare →
Ekantipur
12h ago
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

#प्रणाली
Compare →
Nagarik News
12h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली
Compare →

Related Stories

Business & Economy
Build #2611