Trending
Prev Story
Next Story

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानीमा दोब्बरको वृद्धि

Arthasansar •
October 29, 2026 • 05:04 AM
1
1 reads 0 reactions

सानिमा बैंकको अधिकांश सूचकमा चमक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय...

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्याे, प्रतिसेयर आम्दानीमा दोब्बरको वृद्धि

सानिमा बैंकको अधिकांश सूचकमा चमक देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा सहित अधिकांश सूचकमा चमक देखिएको हो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल र वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ । खराब कर्जा अनुपात घट्नुका साथै निक्षेप संकलन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । यस आधारमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले बढेको छ ।

त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) पनि उल्लेख्य रूपमा सुधार भएको छ । गत वर्षको सोही अवधिमा ७.६८ प्रतिशत रहेको आरओई बढेर १५.६० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्षको सोही अवधिमा १९ रुपैयाँ २७ पैसा रहेको प्रतिसेयर वितरणयोग्य नाफा बढेर २७ रुपैयाँ ५८ पैसा पुगेको छ । यसैगरी, बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद कर्जा तथा सापटी प्रवाह भने १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । बैंकको वित्तीय विवरणमा खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ ।

गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो । बैंकको पुँजी पर्याप्तता स्थिति पनि सन्तोषजनक देखिएको छ । वित्तीय विवरणअनुसार बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात (टियर वान) ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत कायम भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
13h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा #आम्दानी #प्रतिसेयर
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #आम्दानी #प्रतिशतले
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Onlinekhabar
1d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#आम्दानी
Compare →
Nagarik News
4d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2612