Trending
Prev Story
Next Story

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

Ekantipur •
October 29, 2026 • 04:32 AM
1
1 reads 0 reactions

२७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना पटक–पटक म्याद थप्दा पनि ४७ प्रतिशत मात्र प्रगति भएपछि सम्झौता रद्द गरिएको हो।

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

२७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना पटक–पटक म्याद थप्दा पनि ४७ प्रतिशत मात्र प्रगति भएपछि सम्झौता रद्द गरिएको हो।

काठमाडौँ — मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ ।

२७ करोड २२ लाख रुपैयाँ लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटक-पटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो ।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको ईलाम सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरेको हो ।

सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

ठेक्का सम्झौता अन्त्य गरिएको सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ठेक्का #आयोजना
Compare →
Onlinekhabar
19h ago
तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक …

#पटक #अलपत्र #ठेक्का
Compare →
Hamro Patro News
5d ago
१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक युद्धस्तरमा पूरा गर्न बाबुरामको माग

१८ वर्षदेखि अलपत्र बेनीघाट-आरूघाट-लार्के सडक युद्धस्तरमा पूरा गर्न बाबुरामको माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका हुँदै चीनको तिब्बत जोड्ने बेनीघाट-आरूघाट-लार्के (रुहिला) सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेक...

#वर्षदेखि #अलपत्र
Compare →
Nagarik News
3d ago
२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।

#वर्षदेखि #अलपत्र
Compare →

Related Stories

Business & Economy
Build #2612