Trending
Prev Story
Next Story

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या  ६८ पुग्यो

Ekantipur •
October 29, 2026 • 04:32 AM
1
1 reads 0 reactions

म्याड्रिडबाट दक्षिणमा भएको दुर्घटनामा रेलका डिब्बा भिरालो भागमा खसेपछि यात्रुहरूले भयावह दृश्य भोगेका छन्।

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या  ६८ पुग्यो

म्याड्रिडबाट दक्षिणमा भएको दुर्घटनामा रेलका डिब्बा भिरालो भागमा खसेपछि यात्रुहरूले भयावह दृश्य भोगेका छन्।

काठमाडौँ — स्पेनको मध्य भागमा बुधबार बिहान दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा  मृत्यु हुनेको संख्या ६८ पुगेको  छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् ।

बीबीसी का अनुसार म्याड्रिडबाट सेभिलतर्फ गइरहेको रेल लिकमा रोकिराखिएको अर्को रेलसँग ठोक्किएको थियो । ठक्करपछि रेलका केही डिब्बा लिकबाट खसेर भिरालो भागमा पुगेका थिए ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको हो । यो पछिल्लो १३ वर्षमा स्पेनमा भएको सबैभन्दा घातक रेल दुर्घटना हो ।

बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो । निजी रेल सञ्चालक कम्पनी इरियोले सञ्चालन गरेको रेलमा १४७ यात्रु सवार थिए । कम्प्युटर प्रणालीमा खराबी आएपछि उक्त रेल रोकिएको थियो ।

यातायातमन्त्री पुएन्तेका अनुसार प्रणालीमा खराबी आएपछि म्याड्रिडस्थित २४ घण्टा सञ्चालन हुने नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था छ । तर, उक्त केन्द्रले गति सीमा नतोकी रेलहरूलाई पुनः चलाउन निर्देशन दिएको उनले बताए । उनले त्यस निर्णयलाई 'अस्पष्ट' भनेका छन् ।

इरियोले आफ्नो रेललाई सरकारी रेल कम्पनी रेन्फेले सञ्चालन गरेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ । रेन्फेको रेलमा ३९७ यात्रु सवार थिए ।

दुर्घटनामा बाँच्न सफल यात्रुहरूले रेलभित्रको अवस्था भयावह रहेको बताएका छन् । ठक्करका कारण यात्रुहरू उछिट्टिएको, केही भग्नावशेषमा च्यापिएको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको उनीहरूले बताएका छन् ।

रेन्फेको रेलमा सवार ६२ वर्षीय साल्भाडोर अरिजाले ठक्करको प्रभाव 'भयानक' रहेको रोयटर्सलाई बताए । उनका अनुसार केही यात्रु सिटबीच च्यापिएकाले चल्नसमेत सकिरहेका थिएनन् ।

दुर्घटनापछि रेलका एउटा डिब्बामा आगलागी भएको थियो । यात्रुहरूले भग्नावशेषमा च्यापिएका मानिसहरू गुहार मागिरहेको र केही भग्नावशेषमुनि पुरिएको बताएका छन् । दुर्घटनास्थलका तस्बिरमा रेलको लिकको लामो टुक्रा एउटा डिब्बाभित्र छिरेको देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #पुग्यो
Compare →
Hamro Patro News
11h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

भीमफेदी दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त, उच्चस्तरीय कार्यदल गठन गर्न माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।

#दुर्घटना
Compare →
Bizshala
17h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2612