Trending
Prev Story
Next Story

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

Nagarik News •
October 29, 2026 • 12:39 AM
1
1 reads 0 reactions

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ।

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ।

कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ। यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ।

प्रमुख डा अर्यालका अनुसार हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ। स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरुले क्रप कटिङ विधि अनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ। यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको उनले जानकारी दिए।

रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ। यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ। जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ।

मुस्ताङमा गत वर्ष छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष  ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् (पाँच दशमलव २९) प्रतिशत बढी स्याउ फलेको हो।

जिल्लामा ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ। जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ ०६:२४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा उत्पादित ७२ प्रतिशत स्याउ बजारमा

मुस्ताङमा कात्तिक महिनाको तेस्रो सातासम्म मुस्ताङमा उत्पादित कुल स्याउको ७२ प्रतिशत स्याउ बजारमा निकासी भएको छ । दसैँसम्म ३५ प्रतिशत मात्रै स्याउ निकासी भएको थियो । असोज महिनामा बाढीपहिरो र नदी कटा...

#स्याउ #मुस्ताङ
Compare →
Bizshala
6d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन
Compare →
Onlinekhabar
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय …

#स्याउ
Compare →
Ekantipur
1w ago
वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2612