Trending
Prev Story
Next Story

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

Nagarik News •
October 29, 2026 • 12:48 AM
1
1 reads 0 reactions

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

बङ्गालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ। सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

यतिबेला झापाका किसान पाकेको धान भित्र्याउने चटारोमा छन्। तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानलाई विशेष अनुरोध गरेको छ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाका समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ।

अकस्मात बाढी आउनसक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ।

भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ।

चक्रवातबाट सम्भावित क्षति न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग बुधबार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ।

'चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ', बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, 'स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ।'

प्रकाशित: १२ कार्तिक २०८३ ०६:३३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
झापामा जंगली हात्तीको आतंक, सीमावर्ती क्षेत्रमा सतर्कता!

झापामा जंगली हात्तीको आतंक, सीमावर्ती क्षेत्रमा सतर्कता!

झापा । झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। हात्तीको आवतजावतलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतसँग सीमा ...

#सतर्कता #झापा
Compare →
Onlinekhabar
6d ago
निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

निर्णय भएको १० महिनासम्म पनि स्थापना भएन धोमा इलाका प्रशासन कार्यालय

२१ कात्तिक, सुर्खेत । दुर्गम माथिल्लो डोल्पाका नागरिकलाई आफ्नै क्षेत्रबाट प्रशासनिक सेवा उपलब्ध गराउने सरकारको निर्णय कागजमै सीमित भएको छ। मन्त्रिपरिषद्ले इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको १० महिना बितिसक्दा पनि डोल्पोबुद्ध गाउँपालिकाको धोमा …

#प्रशासन
Compare →
Bizshala
1w ago
दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड

काठमाण्डौ । सार्वजनिक प्रशासनलाई थप सदाचारी, समावेशी, जवाफदेही र नागरिककेन्द्रित बनाउने निष्कर्षसहित सार्वजनिक...

#प्रशासन
Compare →
Ekantipur
9h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →

Related Stories

Technology
Build #2612