Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सको खेल

Ekantipur •
October 28, 2026 • 04:31 PM
1
1 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको तेस्रो दिनको खेलका झलक ।

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको तेस्रो सिजनको तेस्रो दिनको खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ७४ रनको ठोस साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा विजय लय समातेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएर रन्थनिएको सुदूरपश्चिमले यी दुईको प्रयासमा ६ विकेटको विजय निकालेको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । कप्तान दीपेन्द्र र इशानले ९ ओभरमै उक्त साझेदारी गरेपछि सुदूरपश्चिमले १६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । पोखराले आफ्नो पहिलो खेलमै हार बेहोरेको हो । इशान ३१ बल खेली समान २ चौका र छक्कासहित ३७ रनमा आउट भए । उनको स्थानमा आएका सेरफन रदरफोर्डले दोस्रो बलमै माहेदी हसनको बलमा छक्का प्रहार गरेका थिए । उनी ४ बलमा ८ रन बनाई अविजित रहे । दीपेन्द्र ५१ रनमा अविजित रहे । उनले पोखराका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्नुका साथै विजयी रन बटुलेका थिए । प्लेयर अफ द म्याच दीपेन्द्रले ३६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । पोखराबाट तीनै विकेट विदेशी खेलाडीको नाममा रह्यो । धनञ्जय लक्षण, मेहदी हसन र सकिबले १–१ विकेट लिए ।

सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । पोखरा भने एनपीएलका दुवै संस्करणमा प्लेअफमा पुग्न नसक्ने एकमात्र टोली हो ।सुदूरपश्चिमको सुरुआत राम्रो थिएन । ओपनर विनोद भण्डारी पहिलो बलमा चौका प्रहार गरेपछि अर्को बलमा बोल्ड हुन पुगे । स्कटिस ब्याटर स्कट म्याकमलेनले १२ बल खेली २ चौका र १ छक्का प्रहार गरी २२ रनमा सकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । ओपनर सैफ जैब १५ रन बनाई रनआउट भए । यसअघि बंगलादेशी ओपनर माहेदी हसनले पोखराबाट ३२ रन बनाए । उनले २१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । तर उनका ओपनिङ जोडी दिनेश खरेल ७ बल खेली ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका कुशलले २१ रन बनाए । उनले १७ बल खेली २ चौका प्रहार गरे । बंगलादेशका पूर्व कप्तान सकिब अल हसन १६ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भए ।

सदीरा समरविक्रमा ८, धनञ्जय ११, किरण ठगुन्ना १ रनमा आउट भए । मध्यमक्रममा ब्याटिङ गरेका अर्जुन घर्तीमगरले सर्वाधिक रन बनाए । इनिङ्सको अन्तिम ओभरमा न्युजिल्यान्डका बलर स्कट कुग्लेनलाई २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले कुल २५ बल खेली अविजित २४ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे । सुदूरपश्चिमबाट अनिल खरेलले ३ विकेट लिए । पावर प्लेपछि बलिङमा आएका अनिलले ३ ओभरमा २३ रनमात्र खर्चे । कुग्लेन, हेमन्त धामी र दीपेन्द्रले १–१ विकेट लिए ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शुक्रवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ...

#एनपीएल #सुदूरपश्चिम #विकेट
Compare →
Nagarik News
12h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सुदूरपश्चिम
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2612