Trending
Prev Story
Next Story

सुदूरपश्चिमको जितमा दशा कटेको इशानको दाबी

Ekantipur •
October 28, 2026 • 04:31 PM
1
1 reads 0 reactions

उनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘आजको जितले हाम्रो दशा कटेको छ । हाम्रो प्रत्येक सिजन एक दिन खराब हुन्छ, त्यो दिन सकिएको छ । अबका दिन आजको जस्तो होस् ।’

सुदूरपश्चिमको जितमा दशा कटेको इशानको दाबी

उनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘आजको जितले हाम्रो दशा कटेको छ । हाम्रो प्रत्येक सिजन एक दिन खराब हुन्छ, त्यो दिन सकिएको छ । अबका दिन आजको जस्तो होस् ।’

काठमाडौं — सुदूरपश्चिम रोयल्सका इशान पाण्डेले बुधबार प्राप्त जितले टिमको दशा कटेको भन्दै खुसी जनाएका छन् । उनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘आजको जितले हाम्रो दशा कटेको छ । हाम्रो प्रत्येक सिजन एक दिन खराब हुन्छ, त्यो दिन सकिएको छ । अबका दिन आजको जस्तो होस् ।’

इशानले लिग चरणको अबका खेलमा सुदूरपश्चिमको प्रदर्शन राम्रो हुने विश्वास पोखे । दुईपल्टको उपविजेता सुदूरपश्चिमको यो पहिलो जित हो । टोली उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले हारेको थियो । जितले सुदूरपश्चिमको आत्मविश्वास भने बढ्ने छ । लिग चरणमा दुई सिजनमा जस्तै राम्रो प्रदर्शन गर्न टोलीलाई प्रेरित गर्नेछ ।

पोखरा एभेन्जर्स लगातार तेस्रो सिजन पनि आफ्नो पहिलो खेलमा पराजित रह्यो । पोखरा अहिलेसम्म लिग चरण काट्न असफल एकमात्र टिम रहेको छ । यो हारले यसपालि पनि टोलीमाथि दबाब बढाउने निश्चित छ ।

पोखराका अर्जुन घर्तीले टिमको ब्याटिङ केही खराब भएको बताए । उनले भने, ‘मेरो जिम्मेवारी राम्रो खेल्ने हो, मैले त्यसलाई पूरा गर्नेछु ।’ अर्जुनले टोलीका लागि सर्वाधिक अविजित ४० रन बनाएका थिए ।

सुदूरपश्चिमको जितमा नायक भने कप्तान दीपेन्द्रसिंह ऐरी रहे । अर्धशतक बनाएका उनी नै प्लेयर अफ द म्याच भएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
17h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#आजको #सुदूरपश्चिम
Compare →
Hamro Patro News
12h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#सुदूरपश्चिम
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612