Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी

Ekantipur •
October 28, 2026 • 04:32 PM
1
1 reads 0 reactions

पहिलो खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ७५ रनले हराउन सफल भयो ।

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी

पहिलो खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ७५ रनले हराउन सफल भयो ।

पाल्पा — ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताअन्तर्गत बुधबार भएका दुई खेलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी भएका छन् ।

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ७५ रनले हराउन सफल भएको छ । पहिलो ब्याटिङ रोजेको करुवाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५४ रन जोड्यो । उसका लागि मनिष न्यौपानेले ४८, तेजेन्द्र बीरजंग राणाले ४० र दिनेश बुढा मगरले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने २१ अतिरिक्त रन पायो । बलिङतर्फ फ्रेन्ड्स ब्वाइजका रोशन नेपालले तीन, दिवस अर्याल र विपीन भट्टराईले दुई/दुई तथा रोशन बस्यालले एक विकेट लिए ।

जवाफी ब्याटिङमा फ्रेन्ड्सले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाएर ७९ रनमै समेटियो । उसका लागि शुभव शाक्यले १५ र विप्लव जीसीले १० रन बटुले । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने अतिरिक्त १७ रन पायो । बलिङतर्फ करुवाका केशव पहराई र दिनेश बुढा मगरले तीन/तीन, निरबहादुर सार्कीले दुई तथा लीला शर्मा र राजन रखालले एक/एक विकेट लिए ।

अर्को खेलमा पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लबलाई ९६ रनको विशाल अन्तरले हराएको छ । पहिले ब्याटिङ रोजेको पाल्पालीले निर्धारित २० ओभरको खेलमा ३ विकेटको क्षतिमा १ सय ५४ रन जोडेको थियो । पाल्पालीका लागि आशि लोहनीले १०३ र कुशल ढकालले ४२ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने पाल्पालीले अतिरिक्त ६ रन बटुल्यो । बलिङतर्फ दमकडाका शुभम भुसाल, अच्युत पाण्डेय र भुवन पाण्डेयले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा दमकडा सबै विकेट गुमाएर १३.३ ओभरमा ५८ रनमै समेटियो । दमकडाका लागि सागर बस्यालले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोडेनन् भने अतिरिक्त ११ रन पायो । बलिङतर्फ पाल्पालीका थानेश्वर भट्टराईले ५, लेखनाथ न्यौपानेले दुई तथा दिपेश पाण्डेय, अमृत अर्याल र रुपेश बस्यालले एक/एक विकेट लिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

क्रिकेटसँगै विश्व बजारमा चम्किँदै पर्यटन

नेपाल प्रिमियर लिग (एनपिएल) को रौनक केवल क्रिकेट मैदानमा मात्र सीमित छैन, यसले विश्व क्रिकेटका हस्तीहरूमार्फत नेपालको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा ब्राण्डिङ गरिरहेको छ।

#क्रिकेट
Compare →
Hamro Patro News
6d ago
चीनमा नेपाली यू–१९ क्रिकेट टोलीको चौथो जित

चीनमा नेपाली यू–१९ क्रिकेट टोलीको चौथो जित

काठमाडौं । टीका शाहको अलराउन्ड प्रदर्शनमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा जारी बेल्ट एन्ड रोड सिरिजमा चौथो जित दर्ता गरेको छ । नेपालले शनिबार घरेलु टोली चीनलाई ८४ रनले हराएको हो । नेपालले...

#क्रिकेट
Compare →
Arthasansar
16h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612