यो प्रविधि प्रयोग गरी ग्राहकले झन्झटबिनै अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको भनाइ छ ।
काठमाडौँ — एनएमबी बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १ सय ९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा आइसकेको बैंकले जनाएको छ ।
यस सम्झौतापछि एनएमबी बैंकका ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुने बताइएको छ । यो प्रविधि प्रयोग गरी ग्राहकले झन्झटबिनै अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको भनाइ छ ।