Trending
Prev Story
Next Story

ब्राजिलको सर्वोच्च अदालतले भन्यो,' बोल्सोनारोविरुद्ध कुनै पनि प्रहरी कारबाही गरिएको छैन'

Ekantipur •
October 28, 2026 • 01:02 PM
1
1 reads 0 reactions

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सिनेटर फ्लाभियो बोल्सोनारो वा उनका ठेगानाहरूलाई लक्षित गरेर कुनै पनि खानतलासी तथा जफतको वारेन्ट जारी गरिएको वा कार्यान्वयनमा ल्याइएको भन्ने समाचारमा कुनै सत्यता छैन, यो पूर्ण रूपमा अफवाह हो।'

ब्राजिलको सर्वोच्च अदालतले भन्यो,' बोल्सोनारोविरुद्ध कुनै पनि प्रहरी कारबाही गरिएको छैन'

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सिनेटर फ्लाभियो बोल्सोनारो वा उनका ठेगानाहरूलाई लक्षित गरेर कुनै पनि खानतलासी तथा जफतको वारेन्ट जारी गरिएको वा कार्यान्वयनमा ल्याइएको भन्ने समाचारमा कुनै सत्यता छैन, यो पूर्ण रूपमा अफवाह हो।'

काठमाडौँ — ब्राजिलको सर्वोच्च अदालतले बुधबार एक विज्ञप्ति जारी गर्दै सिनेटर फ्लाभियो बोल्सोनारोविरुद्ध कुनै पनि किसिमको प्रहरी कारबाही नगरिएको र खानतलासी तथा जफतको वारेन्ट जारी नगरिएको स्पष्ट पारेको छ।

यसअघि ब्राजिलको चर्चित समाचारमाध्यम 'जी वान' ले बुधबार बिहान संघीय प्रहरीले राजधानी ब्रासिलियास्थित फ्लाभियोको घरमा खानतलासी तथा जफतको वारेन्ट तामिल गरेको समाचार प्रकाशित गरेको थियो ।

सर्वोच्च अदालतले सम्पत्ती शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा राहदानी बुझाउन दिएको आदेश पालना नगरेपछि प्रहरीले उनको खोजी गरिरहेको समाचारमा उल्लेख थियो ।

उक्त समाचार खण्डन गर्दै सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सिनेटर फ्लाभियो बोल्सोनारो वा उनका ठेगानाहरूलाई लक्षित गरेर कुनै पनि खानतलासी तथा जफतको वारेन्ट जारी गरिएको वा कार्यान्वयनमा ल्याइएको भन्ने  समाचारमा कुनै सत्यता छैन, यो पूर्ण रूपमा अफवाह हो।'

राष्ट्रपतीय निर्वाचनमा पराजित भएका बोल्सोनारो बुधबार अमेरिका पुगेको विभिन्‍न स्रोतहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले फ्लाभियो, उनकी पत्नी र दुई छोरीलाई भिसा दिने एक अमेरिकी अधिकारीले बताएका छन्। यद्यपि उनी कहाँ छन् भन्ने तत्काल स्पष्ट भएको छैन। परिवारनिकट एक स्रोतले उनी फ्लोरिडा पुगेको बताएको छ।

आइतबार भएको निर्वाचनमा फ्लाभियोले वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजय बेहोरेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
सर्वोच्च अदालतका ४ न्यायाधीशको नाम अनुमोदन

सर्वोच्च अदालतका ४ न्यायाधीशको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सार...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Onlinekhabar
6d ago
न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत

न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन समारोहमा उनले पुनरावलोकन …

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Arthasansar
15h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2612