Trending
Prev Story
Next Story

पहिलो त्रैमासमा आयात ३८ र निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा ५ खर्ब ३२ अर्ब

Ekantipur •
October 28, 2026 • 01:02 PM
1
1 reads 0 reactions

साउन–असोजमा ६ खर्ब ४६ अर्बको आयात भएको छ भने १ खर्ब १४ अर्बको निर्यात भएकाे छ ।

पहिलो त्रैमासमा आयात ३८ र निर्यात ५७ प्रतिशतले बढ्यो, व्यापार घाटा ५ खर्ब ३२ अर्ब

साउन–असोजमा ६ खर्ब ४६ अर्बको आयात भएको छ भने १ खर्ब १४ अर्बको निर्यात भएकाे छ ।

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमास(साउनदेखि असोजसम्म)मा मुलुकको वैदेशिक व्यापार ५ खर्ब ३२ अर्बले घाटा छ । उक्त अवधिमा भएको निर्यातभन्दा आयात धेरै निकै धेरै भएपछि तीन महिनामा व्यापार घाटा ५ खर्ब ३२ अर्बभन्दा बढी पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको त्यहि अवधिमा यस्तो घाटा करिब ३५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा कुल व्यापार घाटा ३ खर्ब ९५ अर्ब रहेको थियो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन् । तर निर्यातको तुलनामा आयातको आकार ठूलो हुँदा व्यापार घाटा पनि उच्च दरले बढेको हो ।

साउनदेखि असोजसम्म ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा निर्यात भने १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँमा सीमित छ । गत वर्षको तीन महिनाको तुलनामा यस वर्ष आयात ३८ र निर्यात ५७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको आयात र ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो ।

आयात र निर्यातबीचको अन्तर बढ्दा तीन महिनामा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १० खर्ब डलर पार, अक्टोबरमा निर्यात ३५ प्रतिशतले बढ्यो

लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १० खर्ब डलर पार, अक्टोबरमा निर्यात ३५ प्रतिशतले बढ्यो

एजेन्सी । चीनको व्यापार बचत (ट्रेड सरप्लस) लगातार दोस्रो वर्ष १० खर्ब अमेरिकी डलर नाघेको छ । मंगलबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांक अनुसार, अक्टोबर महिनामा निर्यातमा आएको ३५ प्रतिशतभन्दा बढीको ...

#खर्ब #निर्यात #प्रतिशतले
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#आयात #प्रतिशतले
Compare →
Onlinekhabar
1w ago
रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

रसुवा बाढी : अर्थतन्त्रमा पौने ५ खर्ब क्षति, पुनरुत्थानमा ७ खर्ब आवश्यक

२० कात्तिक, काठमाडौं । १० भदौमा रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले अर्थतन्त्रमा ४ खर्ब ७२ अर्ब ६६ करोड बराबर क्षति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति र विपद्पछिको …

#खर्ब
Compare →
Arthasansar
1w ago
घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

घाटाबाट नाफामा फर्कियो मेरो माइक्रोफाइनान्स लघुवित्त, इपीसय सहित अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट नाफामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार गत...

#घाटा
Compare →
Nagarik News
1w ago
रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर

रिपब्लिकनलाई जिताउन करोडौँ खर्चिएका मस्कले दुई दिनमै गुमाए चार खर्ब ५६ अर्ब डलर

चुनावको परिणाम सार्वजनिक भएपछिका दुई कारोबार दिनमा उनका कम्पनी टेस्ला र स्पेसएक्सको संयुक्त बजार पुँजीकरण चार खर्ब ५६ अर्ब डलरले घटेको हो।

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612