Trending
Prev Story
Next Story

गण्डक नहरमा ५ दिनअघि नै पानी प्रवाह बन्द

Ekantipur •
October 28, 2026 • 01:02 PM
1
1 reads 0 reactions

गण्डक सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने भए पनि भारतीय पक्षले ५ दिनअघि नै पानी बन्द गरेको हो ।

गण्डक नहरमा ५ दिनअघि नै पानी प्रवाह बन्द

गण्डक सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने भए पनि भारतीय पक्षले ५ दिनअघि नै पानी बन्द गरेको हो ।

पर्सा — निर्धारित समयभन्दा ५ दिनअघि नै भारतीय पक्षले गण्डक नहरमा पानी प्रवाह बन्द गरेको छ । यस वर्ष धानबालीका लागि १० असारदेखि नहरमा पानी छाडेको भारतले १० कात्तिकदेखि प्रवाह रोकेको हो । सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने भए पनि भारतीय पक्षले ५ दिनअघि नै पानी बन्द गरेको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकारी इन्जिनियर मुकेश ठाकुरका अनुसार यस वर्ष नहरमा सम्झौताअनुसार ८५० क्युसेक पानी उपलब्ध भएको थियो । ४ महिनामा नारायणी नदीमा आएको बाढीका कारण एक साताभन्दा बढी समय पानीको प्रवाह रोकिएको थियो । पर्याप्त वर्षा भएकाले यस वर्ष नहर सिँचित क्षेत्रमा धानबालीका लागि पानीको अभाव नभएको उनले बताए ।

‘सम्झौताअनुसार १५ कात्तिकसम्म पानी दिनुपर्ने हो । तर भारतीय पक्षले १० कात्तिकदेखि नै पानी बन्द गरेको छ,’ ठाकुरले भने, ‘यस वर्ष पर्याप्त वर्षा भएकाले अहिले नहर सिँचित क्षेत्रमा पानीको खासै माग छैन ।’

नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा रहेको गण्डक ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छाड्ने गर्छ । ब्यारेजबाट छाडिएको पानी भारततर्फ करिब ९२ किलोमिटर यात्रा गरेपछि पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत जानकीटोलबाट नेपाल प्रवेश गर्छ । नेपालतर्फ गण्डक नहरको लम्बाइ करिब ८१ किलोमिटर छ ।

गण्डक नहरलाई पर्सा, बारा र रौतहटमा १५ वटा ब्लकमा विभाजन गरिएको छ । नहरबाट ३ जिल्लाका करिब ३७ हजार ४ सय हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । धानबालीका लागि मनसुनमा निर्भर रहनुपर्ने किसानलाई नहरको पानीले सिँचाइमा सहयोग पुर्‍याउँदै आएको छ ।

भारतले निर्माण तथा सञ्चालन गर्दै आएको गण्डक ब्यारेज सन् १९७५ र १९७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर नहरको अन्तिम क्षेत्र रौतहटसम्म पर्याप्त र नियमित रूपमा पानी नपुग्ने समस्या भने अझै समाधान हुन सकेको छैन । नहरको माथिल्लो क्षेत्रमा पानी उपलब्ध भए पनि तल्लो क्षेत्रमा पर्याप्त प्रवाह नपुग्दा सिँचाइ सुविधाको समान वितरण चुनौतीपूर्ण रहँदै आएको छ ।

धानबालीको सिजन सकिएसँगै बन्द गरिएको नहरमा गहुँबालीका लागि भने १० पुसदेखि आवश्यकताअनुसार पानी उपलब्ध गराउने प्रावधान छ । त्यसअनुसार हिउँदे बालीका लागि सिँचाइ आवश्यक पर्ने समयमा नहरमा पुनः पानी छाडिने छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब …

#पानी
Compare →
Hamro Patro News
1w ago
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म ...

#पानी
Compare →
Nagarik News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#पानी
Compare →

Related Stories

World News
Build #2612