Trending
Prev Story
Next Story

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन

Ekantipur •
October 28, 2026 • 12:32 PM
1
1 reads 0 reactions

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोड रुपैयाँभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रकम रोकिदिएका थिए ।

आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन

विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा आनी छोइङ डोल्माले २०७५ वैशाखमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोड रुपैयाँभन्दा बढी भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रकम रोकिदिएका थिए ।

काठमाडौँ — गायिका आनी छोइङ डोल्मालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान नटुग्याई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको पाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि ८ वर्षअघि २०७५ सालमा अनुसन्धान अघि बढाएको थियो । विभाग स्रोतका अनुसार उनीमाथिको त्यतिबेलाको अनुसन्धान टुंगिएको छैन । ‘अनुसन्धान सुरु गरिसकेपछि केही नदेखिए अनुसन्धान गर्नु नपर्ने भनेर तामेलीमा राखिन्छ, केही कैफियत देखिए मुद्दा दायर गरिन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘तर आनीको विषयको अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि भइरहेको छैन ।’

करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीलाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उनीमाथि अनुसन्धान गर्नुको सट्टा नियुक्त गरेको भन्दै विरोध भइरहेको छ ।

२५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१xxxxx३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको विषयमा सूक्ष्म निगरानी राख्ने राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले अनुसन्धान गरेको थियो । त्यसको विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । त्यसमाथि विभागले आनीको खाता रोक्का राखी अनुसन्धान सुरु गरेको थियो । कान्तिपुर दैनिकले हङकङबाट आनीको खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको र त्यो शंकास्पद देखिएपछि अनुसन्धान सुरु भएको विवरण सार्वजनिक गरेको थियो । विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोडभन्दा बढी रुपैयाँ भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र विभागले रोकिदिएको थियो ।

विभागलाई राष्ट्र बैंकले अनुसन्धान गर्न २०७५ साउनमा पत्राचार गरेको थियो । ‘विभागमा त्यतिबेला जीवनप्रकाश सिटौला महानिर्देशक थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आनीमाथि अनुसन्धान नगर्न र खाता फुकुवा गर्न दबाब दिएका थिए । तर सिटौलाले नमानेपछि उनको कोशी प्रदेश सरुवासमेत भएको थियो,’ तत्कालीन अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘त्यसपछि रूपनारायण भट्टराई महानिर्देशक भएर आए । आनीको खाता खुलाउनका लागि राष्ट्र बैंकले २०७६/९/२७ मा उनीमाथिको थप अनुसन्धान के भइरहेको छ ? भनेर सोध्यो,’ ती अधिकारीले भने, ‘विभागले २०७६/१०/८ मा पत्र लेखेर आनीमाथिको अनुसन्धानले पूर्णता पाएको छैन । अनुसन्धान पूरा भएपछि मात्रै उनको बारेमा ठोस भन्न सकिन्छ भनेको थियो ।’ ती अधिकारीका अनुसार त्यही पत्रको अपव्याख्या गरी राष्ट्र बैंकले आनीको खाता फुकुवा गरेको हो । ‘अहिले पनि अनुसन्धान गर्नुपर्ने विषय हो,’ ती अधिकारीले भने ।

विभागले यसबारेमा अनुसन्धान गर्ने नगर्ने भन्ने विषयमा केही पनि निर्णय गरिसकेको छैन । ‘हामीले आनीको विषयमा अनुसन्धान नगर्ने भनेका छैनौँ । गरिरहेका पनि छैनौँ,’ विभागका ती उच्च अधिकृतले भने ।

आनीको बैंक खातामा तीन पटक आएको रकम रोक्का भएको थियो । आनीको खातामा हङकङका नागरिक लियाङ चुङ हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिएको थियो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरेका थिए । त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० डलर जम्मा भएको थियो । उक्त रकमको विवाद आएपछि तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा भएको थियो भने अर्का महानिर्देशक रूपनारायण भट्टराईलाई पनि फकुवाको दबाब दिइएको थियो ।

अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै आफू मातहत लगेर राखेका थिए । आनीले आफ्नो रकम रोकिएको दुई महिनापछि २०७५ साउनमा प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् । नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् ।

आनीले सन् २००० देखि आनीहरूका लागि काठमाडौंको फर्पिङमा आर्यतारा विद्यालय सञ्चालन गर्दै आएकी थिइन् । पछिल्लो नियुक्तिबारे विवाद आएपछि आनीले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै स्पष्ट पार्ने कोसिस गरेकी छन् । उनले सम्पत्ति शुद्धीकरण र १८ करोडको विषय उठाएर बदनाम गर्ने अनि आपराधिक छविको बनाउने कोसिस भइरहेको दाबी गरिन् । उनले देशप्रति कुनै गलत नगरेको उनको तर्क थियो ।

उनले सम्पत्ति शुद्धीकरणबारे बुझ्न मन लागे सम्पत्ति शुद्धीकरण विभाग काठमाडौंमै रहेको र त्यहाँ गएर मुद्दा दायर भए, नभएको बारे बुझ्न सकिने बताइन् । उनले राष्ट्र बैंक पनि बालुवाटारमै भएकाले त्यही गएर बुझ्न सकिने बताइन् । उनले सत्य तथ्य खोजी गर्न सकिने उनको तर्क थियो । उनले आफू विचलित नभएको तर चिन्तित भएको बताइन् । आनीको नियुक्तिको विरोधमा रहेको पक्षले लुम्बिनी बचाउ महाअभियान नै गठन गरेर विरोध गरिरहेको छन् । ३१ असोजबाटै विरोधका कार्यक्रम गर्दै आएको अभियानका संयोजक अकरम खानले बताए ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
९ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जन, मालपोतका नासुसहित ६ जनाविरुद्ध मुद्दा

९ करोड ७२ लाखको गैरकानुनी सम्पत्ति आर्जन, मालपोतका नासुसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय...

#अनुसन्धान #सम्पत्ति
Compare →
Hamro Patro News
1w ago
यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा

यसरी ठड्याए नासु यदुनाथले १५ करोडको सम्पत्ति, सपरिवारमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन र ९ करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग...

#सम्पत्ति #शुद्धीकरण
Compare →
Nagarik News
6d ago
हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

#सम्पत्ति
Compare →
Onlinekhabar
1w ago
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …

#आनी
Compare →
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति
Compare →

Related Stories

Business & Economy
Build #2612