Trending
Prev Story
Next Story

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

Ekantipur •
October 28, 2026 • 12:32 PM
1
1 reads 0 reactions

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

काठमाडौँ — उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ । स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने सो पार्टीको धारणा रहेको छ ।

ज्ञापनपत्रमा गैरदलीय स्थानीय निर्वाचनको विषय सार्वजनिक बहस र राजनीतिक प्रतिबद्धताका रूपमा अघि आइसकेको सन्दर्भ उल्लेख गर्दै त्यसलाई नीतिगत निर्णय र कार्यान्वयनको प्रक्रियामा लैजानुपर्नेमा जोड दिइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
चैतमा  स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

चैतमा स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्योल छ– प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै सरकारलाई निर्वाचनको तयारी र योजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन्। शुक्रबार जनकपुरमा आयोजित...

#निर्वाचन #तहको
Compare →
Onlinekhabar
11h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#तहको
Compare →

Related Stories

Politics & Governance
Build #2612