Trending
Prev Story
Next Story

तार चोरीको विवादमा व्यवसायी गुप्ताको हत्या, तीन जना पक्राउ

Ekantipur •
October 28, 2026 • 12:02 PM
1
1 reads 0 reactions

विराटनगर–६ निवासी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले विराटनगर–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम, भारतका १३ वर्षीय एक नाबालक र नेपालका १६ वर्षीय अर्का नाबालकलाई पक्राउ गरेको हो ।

तार चोरीको विवादमा व्यवसायी गुप्ताको हत्या, तीन जना पक्राउ

विराटनगर–६ निवासी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले विराटनगर–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम, भारतका १३ वर्षीय एक नाबालक र नेपालका १६ वर्षीय अर्का नाबालकलाई पक्राउ गरेको हो ।

सुनसरी — मोरङको विराटनगरमा पानी तान्ने मोटरको तार चोरीको आरोपमा विवाद हुँदा एक व्यवसायीको हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले एक भारतीय नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगर–६ निवासी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले विराटनगर–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम, भारतका १३ वर्षीय एक नाबालक र नेपालका १६ वर्षीय अर्का नाबालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । प्रहरीले दुवै नाबालकको नाम सार्वजनिक गरेको छैन ।

आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्कसमा पानी तान्ने मोटरको तार चोरी गरेको आरोप आलमले गुप्तामाथि लगाएका थिए । सोही विषयमा विवाद भएपछि गुप्तालाई कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

भारतको वाराणसीका स्थायी बासिन्दा गुप्ता करिब ४० वर्षदेखि विराटनगरमा बस्दै आएका थिए । उनी विराटनगर–६ धरान रोडमा लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार गुप्ताको शव सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलाको किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । कात्तिक ८ गते शुक्रबार अपराह्न करिब ४ बजेर ४७ मिनेटदेखि सम्पर्कविहीन भएका गुप्ताको शव भोलिपल्ट शनिबार बिहान करिब १० बजे फेला परेको जानकारी स्थानीयबाट प्राप्त भएको प्रहरीले जनाएको छ ।

शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलको सुरक्षा तथा अनुसन्धानका लागि प्रहरी अधिकृतसहित तालिमप्राप्त कुकुर र त्यसको टोलीसमेत परिचालन गरिएको थियो । प्रहरीले घटनास्थलको सूक्ष्म निरीक्षण, मुचुल्का तथा अन्य प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

एसपी मल्लका अनुसार प्रहरीले मंगलबार साँझ करिब ५ बजे घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट घटनामा प्रयोग भएको भनिएको एक थान जिआई पाइप, मृतकले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव बोक्न प्रयोग भएको कार्टुनसमेत बरामद गरिएको मल्लले बताए ।

घटनामा संलग्न व्यक्तिहरूको भूमिका, हत्या गर्दाको परिस्थिति र शव सुनसरीको बर्जुसम्म कसरी पुर्‍याइयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका...

#वर्षीय #गुप्ता
Compare →
Nagarik News
1d ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#गुप्ता
Compare →

Related Stories

World News
Build #2612