Trending
Prev Story
Next Story

जैविक विविधता रणनीति कार्यान्वयनमा सरोकारवालाको जोड, ३६ लक्ष्य निर्धारण

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (एनबीएसएपी) प्रभावकारी कार्यान्वयन र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप (केएमजीबीएफ) अन्तर्गत सन् २०३० सम्मका लक्ष्य हासिल गर्ने प्रतिबद्धता उजागर गर्न ‘नेपालको जैविक विविधता सम्बन्धी …

जैविक विविधता रणनीति कार्यान्वयनमा सरोकारवालाको जोड, ३६ लक्ष्य निर्धारण

११ कात्तिक, काठमाडौं । नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (एनबीएसएपी) प्रभावकारी कार्यान्वयन र कुनमिङ–मोन्ट्रियल विश्वव्यापी जैविक विविधता प्रारूप (केएमजीबीएफ) अन्तर्गत सन् २०३० सम्मका लक्ष्य हासिल गर्ने प्रतिबद्धता उजागर गर्न ‘नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण : महत्त्वाकांक्षादेखि कार्यान्वयनसम्म’ शीर्षक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना सम्बन्धी भिडियो प्रस्तुत गरेको थियो ।

भिडियो सन्देश मार्फत कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पारिस्थितिकीय प्रणाली संरक्षण, जनजीविका आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

उनले जैविक विविधता सम्बन्धी राष्ट्रिय प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्दै लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन् ।

कार्यक्रममा जैविक विविधता सम्बन्धी महासन्धि (सीबीडी) सचिवालयका प्रतिनिधि क्यू अपाज र यूएनडीपीको जैविक विविधता वित्त पहल (बायोफिन) का क्षेत्रीय प्रतिनिधिले मन्तव्य राखेका थिए । उनीहरूले जैविक विविधता संरक्षणका लागि सामूहिक प्रतिबद्धता, प्रभावकारी कार्यान्वयन र दिगो वित्तीय स्रोत परिचालनमा जोड दिए ।

कार्यक्रम अन्तर्गत आयोजित प्यानल छलफलमा विश्व युवा जैविक विविधता सञ्जाल (जीवाईबीएन) की प्रतिनिधि श्रेयाले नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताइन् ।

आदिवासी जनजाति तथा स्थानीय समुदायका प्रतिनिधि कमल राईले सन् २०३० सम्मका लक्ष्य हासिल गर्न तीव्र प्रयास आवश्यक रहेको भन्दै कार्ययोजना कार्यान्वयनमा सक्रिय योगदान गर्न आफ्नो समुदाय प्रतिबद्ध रहेको बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का प्रतिनिधिले रणनीति र कार्ययोजनाका प्राथमिकतालाई विश्वव्यापी वातावरण सुविधा (जीईएफ–९) र विश्वव्यापी जैविक विविधता प्रारूप कोष (जीबीएफएफ) सँग समन्वय गरी वित्तीय स्रोत परिचालन गर्ने अवसर औँल्याए ।

उनले जैविक विविधता संरक्षणमा सामुदायिक वनको महत्त्वमाथि प्रकाश पारे । यूएनडीपीकी एन्जेलिकले राष्ट्रिय रणनीतिलाई चुनौती सम्बोधन गर्ने दस्तावेज मात्र नभई दिगो विकास प्रवर्द्धन र साझेदारी सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन् ।

कृषि मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले जैविक विविधताका लक्ष्य हासिल गर्न सबै सरोकारवालाबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजनामा स्पष्ट सूचक सहित ३६ वटा लक्ष्य निर्धारण गरिएको र तिनको प्रभावकारी कार्यान्वयनका लागि साझा जिम्मेवारी आवश्यक रहेको बताए ।

कार्यक्रमले पर्याप्त स्रोतसाधन, समावेशी सहभागिता, सरकारका सबै तह र सम्पूर्ण समाजको सामूहिक प्रयासबाट मात्र नेपालको जैविक विविधता सम्बन्धी दृष्टिकोण व्यवहारमा रूपान्तरण गर्न सकिने साझा सन्देश प्रवाह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

कोप-३१ मा जलवायु प्रतिबद्धता कार्यान्वयनमा जोड

जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन्।

#कार्यान्वयन #जोड
Compare →
Hamro Patro News
1d ago
प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

प्ले अफमा पुग्ने पहिलो लक्ष्य पूरा भयो, ड्रेसिङ रुम खुसी छ : शक्ति गौचन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाएपछि लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले खुसी व्यक्त गरेका छन् । बिहीबारको जितसँग...

#लक्ष्य
Compare →

Related Stories

World News
Build #2612