Trending
Prev Story
Next Story

आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालित हुनुपर्ने बताएका छन् । साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी …

आईजीपी कार्कीको निर्देशन– जस्ता चुनौतीको पनि सामना गर्दै शान्ति कायम गर्न लागौं

११ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालित हुनुपर्ने बताएका छन् ।

साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने उनले बताए ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका थिए ।

सो क्रममा प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।

विशेषगरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी सवारी साधनको यान्त्रिक चेकजाँच, लापसे, मापसे, ओभरलोड लगायतको गतिविधि नियन्त्रणमा विशेष जोड दिँदै यात्रुहरूको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको साथसाथै ट्राफिक नियम सम्बन्धी चेतनामुलक सन्देश समेत प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

चाडपर्वको समयमा जुवातास, पटका लगायतका विष्फोटक पदार्थको कारोबार तथा सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीहरू अझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने उनले बताए ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटी नहुने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै उक्त प्रतियोगिता अवधिमा हुनसक्ने अनलाइन बेटिङ लगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै संलग्नलाई ‍कानुनी दायरामा ल्याउन निर्देशन दिए ।

आगामी बिहीबार देखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सम्भावित जोखिम स्थलहरूको पहिचान गरी उच्च सतर्कता अपनाई पूर्वतयारी सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उनले बताए ।

विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ट नागरिकहरू विरूद्ध हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समेत संवेदनशील भई कार्य गर्नुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताए । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरू सामुहिक भावनाका साथ प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उनले बताए ।

साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ–आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउँदै आफू मातहतका सबै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्न थप नवीनतम् कार्ययोजना ल्याउन समेत उनले बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी जानकारी दिएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर...

#आईजीपी #कार्की
Compare →
Ekantipur
7h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#कायम
Compare →
Bizshala
13h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#शान्ति
Compare →
Nagarik News
19h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#शान्ति
Compare →

Related Stories

National (Nepal)
Build #2612