काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो ।
सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् भने पोखराको कप्तानी कुशल भुर्तेलले सम्हालेका छन् । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिम आज जित निकाल्दै पुनरागमन गर्न चाहन्छ ।
Read full story at source ( ratopati.com )