बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले वर्षा हुने सम्भावना बढेपछि ललितपुरको बुङमतीका किसान धान काट्न, झार्न र सुकाउन हतारिएका छन् । वर्षाले पाकेको धानमा क्षति पुग्ने जोखिमका कारण किसानले बाली सुरक्षित गर्न तीव्रता दिएका हुन् ।
बुङमतीकी किसान दिव्या तुलाधरका अनुसार ताइचिन धान सुकाउन १० दिनभन्दा बढी घाम चाहिन्छ । लगातार वर्षा हुँदा काटेर सुकाउन राखेको धान भिजेर उम्रिन सक्ने भएकाले आफूले छिटो धान काटेर सुकाउन थालेको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )