Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

Nagarik News •
October 28, 2026 • 11:00 AM
1
1 reads 0 reactions

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ।

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ।

सुदूरपश्चिमका नौ जिल्लाबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ खेलका दुई हजार ६ सयभन्दा बढी खेलाडीले फारम भरेका सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले यही कात्तिक १२ देखि १८ गतेसम्म यहाँका नौवटै जिल्लामा खेलाडी छनोट गर्नका लागि पत्राचार जारी गरिएको जानकारी दिए।

‘जिल्ला छनोट सकिएपछि मङ्सिर १ गतेदेखि धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश छनोट गर्ने तयारी छ’, सदस्य सचिव खड्काले भने, ‘जिल्ला छनोट गर्न केही दिनमा प्रदेशबाट बजेट निकासा गर्छौँ।’

सुदूरपश्चिम प्रदेश सरकारले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्ला र प्रदेश छनोट एवं तयारीका लागि रु चार करोड ५० लाख बजेट विनियोजन गरेको सदस्य सचिव खड्काले जानकारी दिए। राष्ट्रिय प्रतियोगितामा कुल ३२ खेल समावेश भए पनि सुदूरपश्चिमबाट केही खेलमा बाहेक अरू सबैमा खेलाडी सहभागी हुने उनले बताए।

प्रशिक्षकको अभाव हुँदा समेत खेलकुद गतिविधि सञ्चालन भइरहेका सदस्य सचिव खड्काले बताए। सुदूरपश्चिमका सात पहाडी जिल्लाका साथै तराईका दुई जिल्लामा समेत विभिन्न खेलका प्रशिक्षक छैनन्। दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशले राष्ट्रिय खेलकुद परिषद्लाई ३२ स्वयंसेवक प्रशिक्षक माग गरे पनि १६ खेलमा १६ स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको सदस्य सचिव खड्काले बताए।

‘स्वयंसेवक प्रशिक्षकका लागि आवेदन लिने काम बिहीबारसम्म हुन्छ’, सदस्य सचिव खड्काले भने, ‘अन्य प्रक्रियाका विषयमा माथिल्लो निकायको निर्देशनअनुसार हुनेछ।’

प्रदेश खेलकुद परिषद्ले यहाँका नौवटै जिल्लालाई कात्तिक १८ गतेभित्र जिल्ला छनोट सम्पन्न गरी खेलाडीको नामावली विवरण पठाइसक्ने पत्राचार गरेको छ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका ७९० खेलाडीले जिल्ला छनोटका लागि फारम भरेको बताए। उनले २७ खेलका लागि ७९० खेलाडीले फारम भरेर खेलको तयारीमा जुटेको बताए। कार्यालय प्रमुख भट्टका अनुसार कञ्चनपुरमा २२ खेलका लागि जिल्ला छनोट सञ्चालन हुँदैछ। जिल्लामा बक्सिङ, कराते, तेक्वान्दोलगायत आठ खेलका मात्र प्रशिक्षक कार्यरत छन्।

प्रकाशित: ११ कार्तिक २०८३ १६:४५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता सुरु

आगामी मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबारद...

#खेलकुद #छनोट #मङ्सिर
Compare →
Onlinekhabar
11h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #छनोट #दशौँ
Compare →
Ekantipur
2d ago
दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।

#खेलकुद #छनोट #दशौँ
Compare →

Related Stories

Sports
Build #2611