Trending
Prev Story
Next Story

पाल्पाको ‘रानीमहल’ क्षेत्र बगरमा परिणत

Nagarik News •
October 28, 2026 • 11:30 AM
5
5 reads 0 reactions

विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ।

पाल्पाको ‘रानीमहल’ क्षेत्र बगरमा परिणत

पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गर्थ्यो।

महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ। महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ।

विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ।

रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन्।

प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुनः सञ्चालन गर्ने चिन्तामा छन्।

बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पुर्याएको छ। रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन्।

प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पुर्याएको छ.

बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्यालले बताए।

उनले भने, ‘ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दुःख लागेको छ। हरेक वर्ष दसैँको बेला रानीमहल घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरु मर्कामा पर्नुपरेको छ।’

प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुनःस्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उहाँको आरोप छ।

बाढीले पुर्याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उहाँहरूलाई थप निराश बनाएको छ।

बस्यालले कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुनःस्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बताए।

रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले  भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गरे। उनका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन।

गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताए।

यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताए।

बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै दसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ।

अध्यक्ष चिदीले अबको एक–दुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताए।

ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ। जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ।

तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं १९५४ मा रानीमहल निर्माण गरेका थिए।

पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गरेका हुन्।

रानीलाई बगैँचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराएका थिए। रासस

प्रकाशित: ११ कार्तिक २०८३ १७:१५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

पाल्पा, ११ कात्तिक । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको...

#रानीमहल #पाल्पा #बगर
Compare →
Ekantipur
2w ago
करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी

करुवा क्रिकेट क्लबलाई पाल्पा च्याम्पियन्स ट्रफी

जिल्ला क्रिकेट संघपाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा करुवा क्रिकेट क्लबले पाल्पाली क्रिकेट प्लेयर्सलाई ७६ रनले हरायो ।

#पाल्पा
Compare →
Onlinekhabar
1w ago
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#पाल्पा
Compare →

Related Stories

Technology
Build #2612