Trending
Prev Story
Next Story

भारत लैजाँदै गरेका २५ बालबालिका आफन्तको जिम्मा लगाएर घर पठाइए

Ekantipur •
October 28, 2026 • 11:32 AM
1
1 reads 0 reactions

भाषा र कम्प्युटर पढाउने भन्दै देहरादुन लैजाँदै गर्दा भारतीय एसएसबीले गड्डाचौकी नाकामा रोकेका बालबालिकालाई बयान लिएपछि घर पठाइएको हो ।

भारत लैजाँदै गरेका २५ बालबालिका आफन्तको जिम्मा लगाएर घर पठाइए

भाषा र कम्प्युटर पढाउने भन्दै देहरादुन लैजाँदै गर्दा भारतीय एसएसबीले गड्डाचौकी नाकामा रोकेका बालबालिकालाई बयान लिएपछि घर पठाइएको हो ।

कञ्चनपुर — पढाइदिने भन्दै भारत लगिँदै गरेको अवस्थामा गड्डाचौकी नाकामा रोकिएका बालबालिकालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ । मंगलबार बालबालिकाका अभिभावकको जिम्मा लगाएर सुरक्षाकर्मीसँगै घरतर्फ पठाइएको हो ।

गत साता पढाइका लागि भन्दै हुम्लाको सिमकोट गाउँपालिका–८ का २२, हुम्लाकै खार्पुनाथ गाउँपालिका–२ का २ र अछामको साँफेबगर नगरपालिका घर भई हुम्ला सिमकोटमै बस्दै आएका १ गरी २५ जना बालबालिकालाई भारत लगिरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकेको थियो । एसएसबीले रोकेका बालबालिकालाई गड्डाचौकीस्थित शान्ति पुनःस्थापना गृहमा राखिएको थियो ।

बालबालिकालाई पढाइका लागि भारतको उत्तराखण्डस्थित देहरादुनको शाक्य सेन्टरमा भाषा र कम्प्युटरलगायत पढाइदिने भन्दै लगिँदै गरेको हो । ‘भाषा पनि सिकाइदिन्छु, कम्प्युटर पनि पढाइदिन्छु भन्यो, हामीले त्यही भएर छोरालाई पठाएका हौं,’ छोरा लिन गड्डाचौकी पुगेका हुम्ला सिमकोटका मेयरसिंह बुढाले भने, ‘अब घरमै लगेर सरकारी स्कुलमै पढाउँछु, ज्याला मजदुरी गरेर भए पनि छोरालाई कहीँ पठाउँदैन ।’

बुढाले कम्प्युटर र चिनियाँ भाषा सिक्ने लोभमा १४ वर्षीय छोरालाई देहरादुन पठाएका हुन् । चिनियाँ भाषा सिकेमा तिब्बतमा राम्रो जागिर पाइने उनी बताउँछन् ।

‘गाउँमा रोजगारी केही छैन, राम्रो स्कुलमा पढाउन पनि सकिँदैन, छोराको भविष्य बन्ला भनेर पठाएका हौं,’ सिमकोटकै जयकर्ण बुढाले भने, ‘यस्तो हुन्छ भन्ने थाहै थिएन, अब गाउँमै पढाउँछु ।’ उनीहरूसँगै बालबालिकालाई घर लैजान सिमकोटबाट ४ जना अभिभावक गड्डाचौकी पुगेका छन् । उनीहरूका अनुसार देहरादुनमा गुम्बामा पढाइका लागि यसअघि पनि गाउँबाट थुप्रै बालबालिका लगिएका छन् ।

बालबालिकाको अहिलेसम्म खाना र बसोबास शान्ति पुनःस्थापना गृहकै व्यवस्थापनमा गरिएको छ । यसैगरी, यात्राका क्रममा बालबालिकाका लागि न्यानो लुगा तथा घरसम्म पुग्ने यातायात र बाटोको खानाको खर्च सामुदायिक विकास केन्द्र डोटीले व्यवस्थापन गरेको छ । १५ हजार ४ सय रुपैयाँका न्यानो लुगा तथा यातायात र बाटोमा खानाका लागि १ लाख ९५ हजार रुपैयाँ अभिभावकलाई दिएको केन्द्रका प्रतिनिधि तिलक चौधरीले बताए । उनका अनुसार केन्द्रले हुम्लामा पनि बालबालिकाका क्षेत्रमा काम गरिरहेकाले अहिले घर पठाइएका बालबालिकाको पुनःस्थापनादेखि उनीहरूको पढाइमा समेत आवश्यक सहयोग गरिनेछ ।

बालबालिकालाई भारत लैजाने मुख्य व्यक्तिसहित ४ जनाका नाममा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको छ । शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहका अनुसार बालबालिकासँग पनि बयान लिने काम सकेपछि घरतर्फ पठाइएको हो । उनका अनुसार बाजुरा बडिमालिका नगरपालिका–८ का कुरुगा छोसांग लामा र हुम्लाकै पञ्चवीर बुढा, नन्दवीर बुढा र चेतन रावतविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बालबालिकाको विषयलाई गम्भीर रूपमा लिएर अनुसन्धान तथा आवश्यक कारबाहीको काम भइरहेको बताए । ‘अहिले भारततर्फ लैजानेहरूलाई पक्राउ गरेर मुद्दा दर्ता भइसकेको छ,’ उनले भने, ‘थप अनुसन्धानको काम पनि भइरहेको छ ।’

महेन्द्रनगरबाट गड्डाचौकीसम्म ठाउँठाउँमा सुरक्षाकर्मीदेखि महिला र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका बिटहरू राखिएका छन् । तर यही नाकाबाट २५ जना बालबालिका नेपालको नाका काटेर भारतीय एसएसबीको चेकपोस्टमा पुगेपछि मात्रै रोकिनुले नेपालतर्फका सुरक्षा निकायमाथि समेत प्रश्न खडा भएको छ । यस विषयमा पनि स्थानीय प्रशासनले आवश्यक कदम चाल्नुपर्ने स्थानीय बताउँछन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
4h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →
Hamro Patro News
8h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#भारत
Compare →

Related Stories

World News
Build #2611