Trending
Prev Story
Next Story

चक्रवात अर्नब : भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएका भारतीय मिडियाहरूले जनाएका छन् । २८ …

चक्रवात अर्नब : भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

११ कात्तिक, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । चक्रवातका कारण राज्यका ७१४ गाउँ प्रभावित भएका भारतीय मिडियाहरूले जनाएका छन् ।

२८ अक्टोबर २०२६ को बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको अर्नबले तीव्र हावाहुरी र भारी वर्षा निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात आज बिहानपख करिब १:२० बजे काकीनाडानजिकै जमिनमा प्रवेश गर्न सुरु गरेको थियो । यो क्षेत्र यानमको दक्षिणमा तथा बापटला र विशाखापट्टनमबीच पर्छ ।

चक्रवातका कारण आन्ध्र प्रदेशका विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन् । तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन् । ओडिशाका दक्षिणी जिल्लाहरूमा पनि तीव्र हावाहुरी र भारी वर्षा भइरहेको छ ।

भारतका प्रभावित क्षेत्रमा धानबाली डुबानमा परेका छन् भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।

चक्रवातको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ ।

चक्रवात जमिनमा प्रवेश गरेपछि हावाको गति पनि घट्दै गएको छ । त्यसैले सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ ।

दिउँसोसम्म कमजोर भएर सामान्य चक्रवाती आँधीमा र साँझसम्म अझ कमजोर भएर गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान छ ।

यस चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान नेपालका मौसमविदले गरेका छन् ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद बिनु महर्जनका अनुसार यसको प्रभावको संकेत आजदेखि नै देखिने छ । बिहीबार रातिदेखि भने उच्च हिमाली भेगमा हिमपात तथा अन्य स्थानमा वर्षा हुने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । एक–दुई ठाउँमा भने भारी वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

त्यसैले उच्च हिमाली भेगमा नजान, गइसकेको भए तल सुरक्षित स्थानमा ओर्लिन र जोखिमयुक्त क्षेत्रमा सजगता अपनाउन उनले आग्रह गरेकी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#मृत्यु #जनाको #गाउँ
Compare →
Ekantipur
14h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

#मृत्यु #भारत
Compare →
Bizshala
10h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
10h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2612