Trending
Prev Story
Next Story

मंसिर २ देखि सिटिजन्स सुपर ५० को इकाई बिक्रीमा आउँदै

Arthasansar •
October 28, 2026 • 05:32 AM
1
1 reads 0 reactions

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ ।...

मंसिर २ देखि सिटिजन्स सुपर ५० को इकाई बिक्रीमा आउँदै

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ । बन्दमुखी प्रकृतिको उक्त योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ ।

योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई निष्कासन गर्न लागिएको हो । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर योजनामा सहभागी हुन सकिनेछ ।

इकाई खरिदका लागि आवेदन दिने समय मंसिर ७ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ । ‘सिटिजन्स सुपर ५०’ को योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
19h ago
नबिल ग्रोथ फण्डको १ अर्बको इकाई मंसिर ९ देखि बिक्री खुला हुने

नबिल ग्रोथ फण्डको १ अर्बको इकाई मंसिर ९ देखि बिक्री खुला हुने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले मंसिर ९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको नबिल ग्रोथ फण्ड निष्कासन गर्ने भएको छ ।...

#इकाई #मंसिर #देखि
Compare →
Hamro Patro News
6h ago
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले जानका...

#मंसिर
Compare →
Onlinekhabar
12h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#मंसिर
Compare →

Related Stories

Business & Economy
Build #2612