Trending
Prev Story
Next Story

दयनिय बन्दै नेरुडे मिर्मिरे लघुवित्तको अवस्था : नाफासँगै अधिकांश सुचक ऋणात्मक

Arthasansar •
October 28, 2026 • 05:02 AM
1
1 reads 0 reactions

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको...

दयनिय बन्दै नेरुडे मिर्मिरे लघुवित्तको अवस्था : नाफासँगै अधिकांश सुचक ऋणात्मक

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप कमजोर बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार करिब ३ अर्ब रुपैयाँले नाफा ऋणात्मक अवस्थामा पुगेको हो ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको असाज मसान्तसम्ममा आइपुग्दा २ करोड ७९ लाख ९९ हजार रुपैयाँले घाटामा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्था ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफामा थियो । यसरी एक वर्षमै संस्थाको वित्तीय नतिजा ८ करोड ३३ लाख ६७ हजार रुपैयाँले खस्किएको छ । संस्थाको आम्दानी घट्नुमा खुद ब्याज आम्दानीमा आएको गिरावट प्रमुख कारण देखिएको छ । समीक्षा अवधिमा संस्थाले ६० करोड ५ लाख ९० हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ७१ करोड ५० लाख १८ हजार रुपैयाँ थियो । यस अवधिमा ब्याज खर्च ३१ करोड १६ लाख ४८ हजार रुपैयाँ रहेपछि खुद ब्याज आम्दानी २८ करोड ८९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ३२ लाख ९७ हजार रुपैयाँ थियो ।  समीक्षा फी तथा कमिसनबाट हुने आम्दानीमा भने सुधार देखिएको छ । संस्थाले समीक्षा अवधिमा खुद फी तथा कमिसनबाट ४ करोड ४५ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ७६ लाख ८८ हजार रुपैयाँ थियो । तर, ब्याज आम्दानीमा आएको गिरावटलाई अन्य आम्दानीको वृद्धिले पूर्ति गर्न नसक्दा संस्थाको कुल सञ्चालन आम्दानी ४४ करोड ९ लाख ८२ हजार रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख ९ हजार रुपैयाँमा झरेको छ ।

कर्जा तथा अन्य सम्पत्तिमा सम्भावित नोक्सानी व्यवस्थापनका लागि संस्थाले १० करोड २७ लाख ४१ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । यसपछि खुद सञ्चालन आम्दानी २३ करोड ७ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ३५ करोड २६ लाख १९ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा संस्थाको कर्मचारी खर्च २० करोड ७८ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५ करोड १४ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, मूल्यह्रास तथा परिशोधन खर्च २ करोड २० लाख ६५ हजार रुपैयाँ छ। आम्दानीको तुलनामा खर्च उच्च भएपछि संस्था ३ करोड ७ लाख २७ हजार रुपैयाँ सञ्चालन घाटामा गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा भने संस्थाले ७ करोड ६० लाख ४१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

संस्थाको कर्जा गुणस्तरमा पनि उल्लेख्य दबाब देखिएको छ। कुल कर्जामा निष्क्रिय कर्जा अर्थात् एनपीएलको अनुपात २१.७३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.७० प्रतिशत थियो। एक वर्षमै खराब कर्जाको अनुपात ६.०३ प्रतिशत बिन्दुले बढेको हो । संस्थाको कुल कर्जाको तुलनामा निक्षेप तथा अन्य स्रोतको अवस्थासम्बन्धी सूचकमा पनि परिवर्तन देखिएको छ। कुल कर्जा तथा कुल निक्षेपको अनुपात ३९.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३१.६० प्रतिशत थियो । घाटामा गएसँगै संस्थाको प्रतिसेयर आम्दानी पनि ऋणात्मक बनेको छ । चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ १ पैसाले ऋणात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा धनात्मक थियो । असोज मसान्तसम्म संस्थाको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा रहेको छ भने अघिल्लो वर्ष यस्तो नेटवर्थ १८६ रुपैयाँ ५९ पैसा थियो ।

संस्थाको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ । वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा १५ करोड ८१ लाख १८ हजार रुपैयाँ ऋणात्मक छ । त्यस्तै, वार्षिकीकरण गरिएको वितरणयोग्य नाफा प्रतिसेयर ४५ रुपैयाँ २५ पैसा ऋणात्मक देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

निर्धन उत्थान लघुवित्तले कमायो रु.११.५४ करोड, लाभांश क्षमता १५.३७%

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको...

#लघुवित्त #नाफा
Compare →
Ekantipur
1w ago
छिमेक लघुवित्त र अपि हाइड्रोको लाभांश घोषणा, कसको कति?

छिमेक लघुवित्त र अपि हाइड्रोको लाभांश घोषणा, कसको कति?

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।

#लघुवित्त
Compare →
Hamro Patro News
1w ago
छिमेक लघुवित्तले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, बोनस सेयर कति?

छिमेक लघुवित्तले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, बोनस सेयर कति?

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र ...

#लघुवित्त
Compare →

Related Stories

Business & Economy
Build #2612