छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।
काठमाडौँ — बजारमा सूचीकृत २ कम्पनीले लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था र अपि पावर छन् ।
छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।
छिमेकले प्रतिकित्ता ११.९६ प्रतिशत बोनस सेयर र १३.०३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि पनि छिमेकले २५ प्रतिशतको दरमा नै लाभांश दिएको थियो ।
त्यस्तै, अपि हाइड्रोले ५.०२६३ प्रतिशत लाभांश दिने भएको छ। यसले ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
यसअघि पनि यसले यही दरमा नै लाभांश दिएको थियो ।
यसको प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।