Trending
Prev Story
Next Story

आईएमएफको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा तलै, २०२७ मा महँगी ५.८ प्रतिशत पुग्ने

Bizshala •
October 13, 2026 • 06:20:35 PM
1
1 reads 0 reactions

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल रहने...

आईएमएफको प्रक्षेपण : नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा तलै, २०२७ मा महँगी ५.८ प्रतिशत पुग्ने

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षसम्म ४ प्रतिशतभन्दा तल रहने प्रक्षेपण गरेको छ।

आईएमएफको पछिल्लो ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले मात्रै विस्तार हुने अनुमान छ। सन् २०२७ मा आर्थिक वृद्धिदरमा सामान्य सुधार आए पनि ३.७ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण छ।

यसले तत्कालै नेपालको अर्थतन्त्र उच्च वृद्धिको लयमा फर्किने सम्भावना कमजोर रहेको संकेत गरेको छ। सन् २०२६ को तुलनामा २०२७ मा वृद्धिदर ०.१ प्रतिशत बिन्दुले मात्र सुधार हुने अनुमान गरिएको हो।

२०२७ मा महँगीमा ठूलो उछालको प्रक्षेपण

आईएमएफले उपभोक्ता मुद्रास्फीतिमा भने सन् २०२७ मा उल्लेख्य वृद्धि हुने अनुमान गरेको छ।

सन् २०२५ मा ४.१ प्रतिशत रहेको मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने प्रक्षेपण छ। तर त्यसको एक वर्षपछि अर्थात् सन् २०२७ मा मुद्रास्फीति तीव्र रूपमा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

यसअनुसार सन् २०२६ मा मूल्यवृद्धिको दबाब केही कम भए पनि २०२७ मा पुनः महँगी बढ्ने जोखिम देखिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

नेपाली चियाको निर्यातमा झन्डै ९० प्रतिशत वृद्धि, पहिलो त्रैमासिकमै ४९ करोडभन्दा बढीको व्यापार!

काठमाडौं। नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट हुने चिया निर्यातमा उल्लेख्य वृद्धि ...

#वृद्धि
Compare →
Nagarik News
3d ago
काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

#वृद्धि
Compare →
Arthasansar
1w ago
बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#वृद्धि
Compare →

Related Stories

Business & Economy
Build #2611