Trending
Prev Story
Next Story

इजरायलको एक्जिट पोल : नेतान्याहुको सत्ता संकटमा, विपक्षी पनि बहुमतबाट टाढा

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । इजरायलमा सोमबार भएको आम निर्वाचनपछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखिएको छ । प्रारम्भिक एक्जिट पोलले नेतान्याहुको सत्ता निरन्तरतामाथि प्रश्न उठाए …

इजरायलको एक्जिट पोल : नेतान्याहुको सत्ता संकटमा, विपक्षी पनि बहुमतबाट टाढा

११ कात्तिक, काठमाडौं । इजरायलमा सोमबार भएको आम निर्वाचन पछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखिएको छ ।

प्रारम्भिक एक्जिट पोलले नेतान्याहुको सत्ता निरन्तरतामाथि प्रश्न उठाए पनि अन्तिम परिणाम भने आइसकेको छैन ।

आधिकारिक मतगणना अघि बढ्दै जाँदा सिटको अनुमान फेरिन सक्ने भएकाले आगामी सत्ता समीकरणबारे अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था भने छैन ।

इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ ।

च्यानल १२ को संशोधित एक्जिट पोलमा भने आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० र नेतान्याहुको गठबन्धनले ५२ सिट जित्ने अनुमान छ ।

इजरायलको संसद् नेसेटमा बहुमतको सरकार बनाउन १२० मध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ । त्यसैले एक्जिट पोलको अनुमान अनुसार कुनै पनि गठबन्धनले एक्लै सरकार गठन गर्न सक्ने अवस्था देखिएको छैन ।

एक्जिट पोलका अनुमान आधिकारिक मतगणनाका परिणाम होइनन् । सञ्चारमाध्यमले मतदान केन्द्रबाट बाहिरिएका मतदातासँग गरेको सर्वेक्षणका आधारमा एक्जिट पोल तयार गरिएका हुन् ।

यदि एक्जिट पोलको अनुमान मिलेमा दुवै गठबन्धनले नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन साना दलहरूको समर्थन खोज्नुपर्ने छ ।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान सकिएपछि आधिकारिक मतगणनाको प्रारम्भिक विवरण आउन थालेको छ ।

सुरुवाती चरणमा २ हजार ६७० मत गणना भएको थियो, जुन कुल मतको करिब ०.१ प्रतिशत हो ।

पछिल्लो विवरणमा गणना भएको मत २.५ प्रतिशत पुगेको जनाइएको छ ।

यो समाचार तयार पार्दासम्म गणनाको नतिजा सार्वजनिक भएको छैन ।

नेतान्याहुका लागि ‘निकै खराब संकेत’

द इकोनोमिस्टका इजरायल संवाददाता एन्सेल फेफरले प्रारम्भिक परिणामलाई नेतान्याहुको गठबन्धनका लागि निकै खराब संकेतका रूपमा व्याख्या गरेका छन् ।

एक्जिट पोलमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा ठूलो दल बन्ने अनुमान भए पनि त्यसले समग्र गठबन्धनको सत्ता समीकरणमा खासै राहत नदिने उनको विश्लेषण छ ।

फेफरका अनुसार हालको अनुमानले सरकार गठन गर्ने सम्भावनामा नेतान्याहुलाई कमजोर अवस्थामा देखाएको छ ।

यद्यपि, केन्द्रवादी दलहरूलाई समेटेर राष्ट्रिय एकताको सरकार बनाउने प्रयास गरेमा उनले पुनरागमन गर्न सक्ने सम्भावना भने पूर्णरूपमा नकार्न नसकिने उनको भनाइ छ ।

यसअघि पनि राजनीतिक संकटबाट पुनरागमन गरेका नेतान्याहुका लागि यसपटकको परिणामले सरकार गठनको बाटो कठिन बनाउन सक्ने देखिएको छ ।

आइजेन्कोटले भने– जनताले परिवर्तन रोजे

विपक्षी नेता गादी आइजेन्कोट आफ्नो पार्टी याशरको मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै निर्वाचनको परिणामले परिवर्तनको पक्षमा जनमत देखाएको दाबी गरेका छन् ।

‘हामीले इतिहास बनाएका छौँ,’ उनले भने, ‘इजरायली जनताले आगामी वर्षहरूको नेतृत्वका विषयमा निर्णय गरे । जनताले परिवर्तनको पक्षमा निर्णय गरेका छन् ।’

उनले निर्वाचनमा जनताले नेतान्याहुको कार्यकाललाई निरन्तरता नदिने निर्णय गरेको दाबी पनि गरे । आइजेन्कोटले जनमतको सम्मान गर्नु आफ्नो व्यक्तिगत र राजनीतिक जिम्मेवारी भएको पनि बताए ।

प्रारम्भिक एक्जिट पोलले अरब राजनीतिक दलहरूको प्रदर्शन र मतदान सहभागितामा उल्लेख्य वृद्धि भएको संकेत गरेका छन् ।

इजरायलको कुल मतदातामध्ये अरब समुदायको हिस्सा करिब पाँच भागको एक भाग छ । अघिल्लो निर्वाचनमा यो समुदायका आधाभन्दा केही बढी मतदाताले मात्रै मतदान गरेका थिए ।

अरब समुदायमा मतदानका लागि अभियान चलाएका २९ वर्षीय वकिल महदी कबाहाले यसपटकको सहभागितालाई ऐतिहासिक बताएका छन् ।

‘अरब समाज मतदानमा सहभागी भयो र हामी यहाँ छौँ, निर्णय प्रक्रियाको हिस्सा हौँ भन्ने स्पष्ट सन्देश दियो,’ उनले भने ।

अरब समुदायका मतदातामाझ आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा व्यवस्था र प्रहरीको प्रभावकारिता प्रमुख चासोका विषय रहेका छन् । कबाहाले अरब समुदायलाई आफ्नो मताधिकार प्रयोग गरी सरकारको दिशा निर्धारण गर्न आग्रह गर्दै आएका थिए ।

उनका अनुसार मतदानमार्फत अति दक्षिणपन्थी नेताहरू इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचजस्ता मन्त्रीहरूको राजनीतिक प्रभाव कम गर्ने अवसर पनि मतदाताले खोजेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

सत्ताबाट सीधै जेल जानेहरुको लामो सूची, जसमा थपिँदैछन् त नेतान्याहु ?

काठमाडौं- अहिले इजरायली प्रधानमन्त्री अन्योलमा छन् । राष्ट्रपति आइजाक हर्गोजले विपक्षी गठबन्धनका गादी आइसेनकोटलाई नयाँ सरकार गठन गर्न सङ्केत गरिसकेका छन् । त्यसको दुई दिनपछि बेन्जामिन नेतान्याहुले ...

#नेतान्याहु #गठबन्धन #सत्ता
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →
Nagarik News
5d ago
न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

#गठबन्धन #बहुमत
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#इजरायल #नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2611