Trending
Prev Story
Next Story

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब माथि, कुन क्षेत्रमा कति गयो ऋण ?

Arthasansar •
October 27, 2026 • 11:02 AM
1
1 reads 0 reactions

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक...

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब माथि, कुन क्षेत्रमा कति गयो ऋण ?

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब १७ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको अवधिमा यो उक्त कर्जा लगानी भएको हो । गत आर्थिक वर्षको २ महिनासम्मको अवधिमा चालु आर्थिक वर्षको सोही अवधिमा कर्जा प्रवाह १.१ प्रतिशतले वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार यो अवधिमा थोक तथा खुद्रा व्यापार, उपभोग, उत्पादन, विद्युत् र निर्माण क्षेत्रमा कर्जा बढ्दा कृषि तथा लघुवित्त क्षेत्रमा घटेको छ ।  गत आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३५ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ अर्थात् ०.६ प्रतिशतले मात्रै बढेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग्य क्षेत्रमा गएको छ । भदौसम्ममा यस क्षेत्रमा १३ खर्ब ६० अर्ब ६० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको २२.६१ प्रतिशत हुन आउँछ । गत आर्थिक वर्षको सोही अवधिमा उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा ११ खर्ब ६३ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

व्यक्तिगत तथा घरायसी आवश्यकताका लागि प्रवाह हुने उपभोग्य कर्जा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३ अर्ब २४ करोड ६५ लाख रुपैयाँले बढेको छ । प्रतिशतका आधारमा यो वृद्धि ०.२ हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १२ अर्ब १५ करोड ७१ लाख रुपैयाँ अर्थात् १.१ प्रतिशतले बढेको थियो । उपभोग्य कर्जाभित्र सुनचाँदी धितो राखेर लिइने कर्जामा सबैभन्दा बढी प्रतिशत वृद्धि भएको छ । भदौ मसान्तसम्म सुनचाँदी धितो कर्जा एक खर्ब ३२ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । असार मसान्तको तुलनामा यसमा चार अर्ब ४२ करोड ६३ लाख रुपैयाँ अर्थात् ३.५ प्रतिशतको वृद्धि भएको हो ।

त्यस्तै, क्रेडिट कार्ड प्रयोग गरी लिइने कर्जा पनि बढेको छ। दुई महिनामा यस्तो कर्जा ५३ करोड ४४ लाख रुपैयाँ अर्थात् ६.६ प्रतिशतले वृद्धि भएर आठ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसको विपरीत मुद्दती रसिद धितो राखेर प्रवाह गरिने कर्जा घटेको छ। भदौसम्म यस्तो कर्जा १८ अर्ब २० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ । ग्यारेन्टी बन्ड धितो कर्जामा भने वृद्धि देखिएको छ। दुई महिनामा एक अर्ब ११ करोड १८ लाख रुपैयाँ अर्थात् ०.८ प्रतिशतले बढेर यस्तो कर्जा एक खर्ब ३७ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । व्यक्तिगत सवारीसाधन खरिद, शिक्षा, आवासीय घर तथा अन्य व्यक्तिगत आवश्यकताका लागि प्रवाह हुने कर्जा पनि बढेको छ। भदौसम्म यस शीर्षकमा १० खर्ब ६३ अर्ब ८४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा यस क्षेत्रमा ४५ करोड १७ लाख रुपैयाँ कर्जा थपिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रको रहेको छ । भदौ मसान्तसम्म यस क्षेत्रमा १० खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तको तुलनामा दुई महिनामा व्यापार क्षेत्रको कर्जा २५ अर्ब २४ करोड रुपैयाँ अर्थात् २.५ प्रतिशतले बढेको हो । व्यापार क्षेत्रभित्र अटोमोबाइल डिलर तथा फ्रेन्चाइज व्यवसायमा प्रवाहित कर्जामा उल्लेख्य वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार यस शीर्षकमा ११ अर्ब ५५ करोड ४० लाख रुपैयाँ अर्थात् १२ प्रतिशतले कर्जा बढेको छ । त्यसैगरी, आयात व्यापारका लागि प्रवाह हुने कर्जा १० अर्ब तीन करोड ३३ लाख रुपैयाँ अर्थात् ६.८ प्रतिशतले विस्तार भएको छ। चाडपर्वको समयमा वस्तु आयात र व्यापारिक गतिविधि बढ्नुका साथै व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने रकमको मागले व्यापार क्षेत्रमा कर्जा विस्तार भएको देखिन्छ । तर, समग्र कर्जा प्रवाह बढिरहँदा कृषि क्षेत्रमा भने गिरावट आएको छ ।

उत्पादनशील क्षेत्रका रूपमा महत्त्वपूर्ण मानिने कृषि क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ कर्जा घटेको छ । यो २.२ प्रतिशतको गिरावट हो । भदौ मसान्तसम्म कृषि क्षेत्रमा कुल चार खर्ब एक अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कृषि क्षेत्रभित्र बालीनाली तथा कृषि सेवाका लागि प्रवाह गरिएको कर्जा पनि घटेको छ। यस शीर्षकमा तीन अर्ब १३ करोड ४२ लाख रुपैयाँ अर्थात् ३.९ प्रतिशतले कर्जा कम भएको राष्ट्र बैंकको तथ्यांक छ । कृषिमा कर्जा घट्दा उत्पादन, विद्युत् र निर्माणजस्ता क्षेत्रमा भने कर्जा विस्तार भएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १८ अर्ब सात करोड ६६ लाख रुपैयाँले बढेको छ। यससँगै भदौ मसान्तसम्म उत्पादन क्षेत्रमा प्रवाहित कुल कर्जा नौ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । उत्पादन क्षेत्रभित्र खाद्यान्न उत्पादनमा कर्जा विस्तार उल्लेख्य देखिएको छ। खाद्यान्न उत्पादनका लागि प्रवाह भएको कर्जा दुई महिनामा आठ अर्ब ९७ करोड १० लाख रुपैयाँ अर्थात् ४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

उत्पादन क्षेत्रमा कर्जा बढ्नुले उद्योग तथा वस्तु उत्पादनसम्बन्धी गतिविधिमा बैंकिङ स्रोतको परिचालन विस्तार भएको देखाउँछ। यद्यपि, यस तथ्यांकले मात्रै उत्पादनको वास्तविक वृद्धि वा औद्योगिक क्षमतामा भएको परिवर्तन भने पुष्टि गर्दैन। विद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी दुई महिनामा नौ अर्ब ४२ करोड २५ लाख रुपैयाँले बढेको छ। यो १.९ प्रतिशतको वृद्धि हो। यससँगै भदौसम्म विद्युत् क्षेत्रमा प्रवाहित कर्जा पाँच खर्ब १४ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

निर्माण क्षेत्रमा पनि कर्जा प्रवाह विस्तार भएको छ। यस क्षेत्रमा दुई महिनामा १० अर्ब २१ करोड ३० लाख रुपैयाँ अर्थात् ३.७ प्रतिशतले कर्जा बढेको छ। भदौ मसान्तसम्म निर्माण क्षेत्रमा कुल दुई खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ कर्जा पुगेको छ। निर्माण क्षेत्रभित्र आवासीय भवन निर्माण र ठूला पूर्वाधार आयोजनामा प्रवाहित कर्जा दुवै बढेका छन्। आवासीय निर्माणसम्बन्धी कर्जा ६.१ प्रतिशतले वृद्धि भएको छ भने राजमार्ग तथा पुलजस्ता ठूला पूर्वाधार निर्माणमा प्रवाह भएको कर्जा २.६ प्रतिशतले बढेको छ।

त्यस्तै सेवा क्षेत्रमा पनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कर्जा लगानी बढेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिमा सेवा क्षेत्रमा १३ अर्ब ६४ करोड आठ लाख रुपैयाँ अर्थात् २.७ प्रतिशतले कर्जा विस्तार भएको छ। भदौ मसान्तसम्म सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कुल पाँच खर्ब २३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यस क्षेत्रअन्तर्गत होटल व्यवसायमा मात्रै दुई खर्ब ३४ अर्ब पाँच करोड रुपैयाँ कर्जा पुगेको छ । सेवा क्षेत्रका विभिन्न व्यवसायमा कर्जा विस्तार भइरहँदा लघुवित्त क्षेत्रमा भने उल्लेख्य गिरावट आएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्मको अवधिमा लघुवित्त क्षेत्रमा प्रवाहित कर्जा २७ अर्ब ७३ करोड ३ लाख रुपैयाँले घटेको छ । यो १३.२ प्रतिशतको गिरावट हो । यससँगै भदौ मसान्तसम्म लघुवित्त क्षेत्रमा प्रवाहित कुल कर्जा एक खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ । त्यस्तै यो अवधिमा घरजग्गा क्षेत्रमा कर्जा लगानी सामान्य रूपमा बढेको छ। दुई महिनामा यस क्षेत्रमा दुई अर्ब ७९ करोड १९ लाख रुपैयाँ अर्थात् १.५ प्रतिशतले कर्जा वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म घरजग्गा क्षेत्रमा कुल एक खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
बैंक तथा वित्तीय संस्थाको ऋण वर्गीकरण र प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यावहारिक : परिसंघ

बैंक तथा वित्तीय संस्थाको ऋण वर्गीकरण र प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यावहारिक : परिसंघ

काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यवहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले पुनरावलोकन गर्न माग गरेको छ। पर...

#वित्तीय #संस्थाको
Compare →
Ekantipur
14h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।

#खर्ब #पुगे
Compare →
Bizshala
14h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#खर्ब
Compare →
Nagarik News
2d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2611