Trending
Prev Story
Next Story

लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान रिहा

Ekantipur •
October 27, 2026 • 10:30 AM
1
1 reads 0 reactions

आन्दोलनको स्वरुप परिवर्तन गर्ने र पुत्लालगायत आगजनीका कार्यक्रम नगर्ने शर्तमा मंगलबार उनी दिउँसो रिहा भएका हुन् ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान रिहा

आन्दोलनको स्वरुप परिवर्तन गर्ने र पुत्लालगायत आगजनीका कार्यक्रम नगर्ने शर्तमा मंगलबार उनी दिउँसो रिहा भएका हुन् ।

भैरहवा — लुम्बिनी विकास कोष उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध प्रदर्शनका क्रममा सोमबार राति पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खान रिहा भएका छन् ।

आन्दोलनको स्वरुप परिवर्तन गर्ने र पुत्लालगायत आगजनीका कार्यक्रम नगर्ने शर्तमा मंगलबार उनी दिउँसो रिहा भएका हुन् । रिहा भएलगत्तै खानले शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राख्ने उनले बताएका छन् । ‘हाम्रो अनुरोध नमानेका कारण पर्यटनमन्त्रीको पुत्ला जलाएका हौं,’ खानले भने, ‘आगामी दिनमा आगजनीका कार्यक्रम नगर्ने कागज गराएर प्रहरीले छाडेको हो ।’

आफ्ना भाईको रोहबरमा प्रहरीले रिहा गरेको उनले बताए । उनीसँगै पक्राउ परेका अर्का अभियन्ता बाजिउद्दिन मुसलमान पनि रिहा भएका छन् ।

उनीहरू पक्राउ परेपछि रास्वपा सांसद तौफिक खान र कन्हैया बनियाँले उनको रिहाइका लागि पहल गरेका थिए । प्रहरीले पनि मन्त्रीको पुत्ला जलाएपछि नियन्त्रणमा लिनु परेको जनाएको थियो ।

जिल्ला प्रहरीका अनुसार सोमबार राति साढे १० बजे मन्त्रीको पुत्ला जलाउने  महाअभियानका अध्यक्ष लुम्बिनी सांस्कृतिक नगरपालिका–६, बासिन्दा खान र लुम्बिनी साँस्कृतिक– ९  पिपराका मुसलमानलाई नियन्त्रणमा लिइएको जनाएको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई  नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

कर्णालीलाई हराउँदै लुम्बिनी प्लेअफमा पुग्दा…(तस्बिरहरू)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको प्लेअफमा पहिलो स्थान बनाउने टोली लुम्बिनी लायन्स बनेको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रिहा
Compare →

Related Stories

Technology
Build #2612