न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
काठमाडौं — ओपनर अभिषेक शर्माको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो टी–२० मा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । अभिषेक शर्माले ११३ रन बनाएका थिए । उनले ३८ बलमा ९ चौका र ११ छक्का प्रहार गरेका थिए । त्यसबाहेक ओपनर वैभव सूर्यवंशीले ४५ रन बनाएका थिए । सञ्जु सामसन १८ र श्रीयस आयर ५ रनमा आउट भए ।
यसअघि घरेलु टोली न्युजिल्याण्डले भारतलाई १९९ रनको लक्ष्य दिएको थियो । वेलिङ्गटनमा टस हारेपछि पहिला व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनाएको हो । घरेलु टोलीका लागि ड्यारिल मिचेलले सर्वाधिक ८९ रनको योगदान गरे । मिचेलले अविजित रही ५२ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै, फिन एलेनले ४० र बेभोन ज्याकोबले ३९ रन जोडेका थिए ।
आजको जितपछि भारतले ५ म्याचको सिरिज ३–० को अग्रता लिएको छ । यसअघिका दुवै म्याच भारतले ४ विकेटले जितेको थियो ।