Trending
Prev Story
Next Story

जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला

Ekantipur •
October 27, 2026 • 10:30 AM
2
2 reads 0 reactions

१ कात्तिकमा काठमाडौंबाट खोटाङतर्फ गइरहेको सुमो सुनकोशीमा खसेपछि बेपत्ता भएका हरि पुर्कोटी र अप्सरा राईको शव फेला परेको हो ।

जिप दुर्घटना अपडेट : बेपत्ता ३ मध्ये २ को शव फेला

१ कात्तिकमा काठमाडौंबाट खोटाङतर्फ गइरहेको सुमो सुनकोशीमा खसेपछि बेपत्ता भएका हरि पुर्कोटी र अप्सरा राईको शव फेला परेको हो ।

खोटाङ — १० दिनअघि भएको जिप (टाटा सुमो)  दुर्घटनामा सुनकोशी नदीमा बेपत्ता ३ मध्ये २ जनाको शव फेला परेको छ । १ कात्तिकमा काठमाडौंबाट खोटाङ आउँदै गरेको को१ज २९७६ नम्बरको सुमो सिन्धुली फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो । घटनामा बेपत्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कोटी र २२ वर्षीया अप्सरा राईको शव सोमबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव कटारीस्थित सुनकोशीमा र राईको शव सुनसरीस्थित सप्तकोशीमा फेला परेको हो । उनीहरूसँगै बेपत्ता भएका २६ वर्षीय रोशन मुग्रातीको शव भने अझै फेला परेको छैन ।

उक्त घटनामा लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १९ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भइ दिक्तेल बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको मृत्यु भएको छ । गाडीमा सवार १० मध्ये ३ को मृत्यु, ३ बेपत्ता र ४ जना घाइते भएका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
15h ago
चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

चाइ बाँधमा बेपत्ता व्यक्तिको श’व फेला

दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय बेलघारका २३ वर्षीय अनुप चौधरीको शव निकालिएको छ।

#बेपत्ता #फेला
Compare →
Onlinekhabar
17h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#फेला #परे
Compare →
Hamro Patro News
18h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ । कार्तिक २७, २०८३ दुर्गालाल केसी दाङ — घोराही उप...

#बेपत्ता
Compare →

Related Stories

World News
Build #2612