नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले आयोजना गर्दै आएको नेपाल सुपर लिग (एनएसएल) बाहेक अन्य कुनै फ्रेन्चाइज फुटबल प्रतियोगितालाई मान्यता र स्विकृति नदिएको जनाएको छ ।
काठमाडौँ — नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले आयोजना गर्दै आएको नेपाल सुपर लिग (एनएसएल) बाहेक अन्य कुनै फ्रेन्चाइज फुटबल प्रतियोगितालाई मान्यता र स्विकृति नदिएको जनाएको छ ।
एनएफएलमै सहभागी भइरहेका सात टिमले यसअघि फागुन १ देखि नेपाल फुटबल लिग (एनएफएल) गर्ने घोषणा गरेका थिए । त्यसमा सहभागी टिमले नयाँ प्रतियोगिता आयोजनाका लागि एनएसएलसँग छलफल गरेको दाबी गरेक थिए । यी सातै टिम एनएसएलमा आवद्ध फ्रेन्चाइज टिम हुन् ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले फ्रेन्चाइज फुटबल आयोजना गर्ने अधिकार आफ्नोमा मात्र रहेको पनि जनाएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका कार्यकारी निर्देशक श्रेयन्स कार्कीले एनएसएल आयोजनाका लागि आफू प्रतिबद्ध रहेको जनाएका छन् ।
यो विज्ञप्तपछि एनएफएलको आयोजनामा अन्यौलता र अनिश्चिता छाएको छ । एनएफएल आयोजना गर्ने र त्यसमा सहभागी हुने दाबी गरेका टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, पोखरा थन्डर्स, धनगढी एफसी, चितवन एफसी, बुटवल लुम्बिनी एफसी र झापा एफसी रहेका छन् ।