Trending
Prev Story
Next Story

धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

Ekantipur •
October 27, 2026 • 08:30 AM
1
1 reads 0 reactions

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

काठमाडौँ — धनकुटामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। धनकुटा नगरपालिका–६ पाङसिङ टोलका डम्बर कार्कीले आफ्नी श्रीमती तारा कार्कीमाथि खुकुरी प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार घटना मंगलबार दिउँसो करिब १२ बजे भएको हो। वडाध्यक्ष मिलनकुमार खड्गीले घटनालगत्तै घाइते तारालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको बताए। उनले खुकुरी प्रहारबाट ताराको टाउको र ढाडमा गम्भीर चोट लागेको र देब्रे हातको कान्छी औँला छिनिएको बताए।

वडाध्यक्ष खड्गीका अनुसार डम्बर १३ वर्षदेखि बेपत्ता थिए। केही दिनअघि मात्रै परिवारका सदस्यले खोजेर उनलाई घर ल्याएका थिए। घर फर्किएदेखि नै उनले श्रीमतीमाथि हिंसा गर्ने र मार्ने धम्की दिने गरेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार उनले यसअघि पनि अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीलाई धम्क्याउने गरेका थिए।

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
एकै घरका पाँच जनामाथि हँसिया प्रहार, सुत्केरीसहित ३ गम्भीर घाइते

एकै घरका पाँच जनामाथि हँसिया प्रहार, सुत्केरीसहित ३ गम्भीर घाइते

दैलेखको एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रब...

#प्रहार #गम्भीर
Compare →
Nagarik News
5d ago
दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्।

#प्रहार #गम्भीर
Compare →
Onlinekhabar
1w ago
धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा प्रहरी टोलीले तास …

#धनकुटा
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार
Compare →

Related Stories

Education & Youth
Build #2612