Trending
Prev Story
Next Story

दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

Nagarik News •
November 08, 2026 • 04:10 AM
1
1 reads 0 reactions

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्।

दैलेखमा हँसिया प्रहारबाट चार महिला घाइते, एकको अवस्था गम्भीर

दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा धारिलो हतियार हँसिया प्रहारबाट चार जना महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाका दुवै हत्केला काटिएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३६/३७ वर्षीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमा पुगेर घरका सदस्यहरूमाथि घरेलु हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए।

घटनामा चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगर गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला काटिएका छन्।

घाइते अन्य दुई जना २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगरको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी  टोली घटनास्थल पुगेको थियो। हँसिया प्रहार गर्ने रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते चारै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीसमेत खटिएको प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न बाँकी छ।

प्रकाशित: २२ कार्तिक २०८३ ०९:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। 'दुर्घटनामा परेर गम्भीर घाइते भएका …

#घाइते #गम्भीर
Compare →
Arthasansar
15h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार #घाइते
Compare →
Hamro Patro News
1d ago
जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

कास्की । पोखरा महानगरपालिका२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भ...

#घाइते #एकको
Compare →
Ekantipur
5h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →

Related Stories

Technology
Build #2611