Trending
Prev Story
Next Story

अमेरिकासँगको सम्झौतापछि रुसमा डिजेल उत्पादनमा वृद्धि

Ekantipur •
October 27, 2026 • 05:30 AM
1
1 reads 0 reactions

रुसले यसअघि घरेलु बजारलाई ध्यानमा राखेर डिजेलको निर्यातमा कडाई गरेको थियो । तर, अमेरिकासँगको नयाँ सम्झौतापछि उद्योगहरुलाई निर्यातका लागि निश्चित कोटा तोकिएको छ

अमेरिकासँगको सम्झौतापछि रुसमा डिजेल उत्पादनमा वृद्धि

रुसले यसअघि घरेलु बजारलाई ध्यानमा राखेर डिजेलको निर्यातमा कडाई गरेको थियो । तर, अमेरिकासँगको नयाँ सम्झौतापछि उद्योगहरुलाई निर्यातका लागि निश्चित कोटा तोकिएको छ

मस्‍को — अमेरिकी सरकारसँग भएको आपूर्ति सम्झौतापछि रुसी कम्पनीहरुले डिजेल उत्पादनलाई वृद्धि गरेका छन् । दुई औद्योगिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले यस विषयको खुलासा गरेको हो ।

रुसले यसअघि घरेलु बजारलाई ध्यानमा राखेर डिजेलको निर्यातमा कडाई गरेको थियो । तर, अमेरिकामा बेच्न पाउने भएपछि उद्योगहरुलाई निर्यातका लागि निश्चित कोटा तोकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर ९ मा रुसबाट अमेरिका तथा विश्व बजारमा डिजेल आपूर्ति हुने बताएका थिए ।

अमेरिकाले त्यसअघि लगाएको रुसमाथिको इन्धन प्रतिबन्धलाई अस्थायी रुपमा हटाइएको घोषणा उनले गरेका थिए । रुसले यस सहमतिको पुष्टि गर्दै अमेरिकी बजारका लागि आवश्यक इन्धन आपुर्ति गर्ने बताएका थियो ।

ट्रम्पका अनुसार रुसले ३ लाख मेट्रिक टन (करिब २२ लाख ५० हजार ब्यारेल) डिजेल तत्काल उपलब्ध गराउनेछ । त्यसपछि नोभेम्बरमा थप ५ लाख टन र लगत्तै १० लाख टन डिजेल अमेरिकामा आपूर्ति गरिनेछ । रिफाइनरीको अवस्था हेरेर रुसले भविष्यमा थप ३० लाख टन इन्धन दिन सक्ने ट्रम्पको भनाइ छ ।

रुसको औद्योगिक  स्रोतका अनुसार रुसमा डिजेल उत्पादन सेप्टेम्बरमा प्रतिदिन १ लाख ७५ हजार टन रहेकोमा अक्टोबरको पहिलो आधामा घटेर प्रतिदिन १ लाख ६० हजार टनमा सीमित भएको थियो । तर, नयाँ सम्झौतासँगै अक्टोबरको मध्यतिर उत्पादन पुनः बढेर प्रतिदिन १ लाख ८० हजार टन पुगेको छ ।

खाद्यान्न बाली भित्र्याउने सिजन समाप्ती र मौसमी कारणले अक्टुबरमा रुसको घरेलु बजारमा डिजेलको खपत कम हुने गर्छ । त्यहीकारण, यस महिनाका सुरुवाती दिनमा उत्पादन सेप्टेम्बरको दाँजोमा घटेको थियो । तर अमेरिका र अन्य देशहरुमा निर्यात गर्न पाइने भएपछि उत्पादन फेरि बढाइएको छ ।

घरेलु बजारमा सेप्टेम्बरको दाँजोमा अक्टोबरमा इन्धन खपत कम हुने भएकाले रुसले प्रतिदिन कम्तिमा ४० हजार टन डिजेल बचत गर्नसक्छ । जसकारण, महिनाको १० लाख टनसम्म डिजेल भण्डारण हुनेछ । त्यसमध्ये करिब २ देखि ३ लाख टन छिमेकी मुलुकहरु तथा बाँकी अमेरिका निर्यात गर्ने रुसको योजना छ ।

इन्धन सम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने कम्पनी एलएसइजीको रिपोर्टअनुसार ४० हजार टन रुसी डिजेल बोकेर न्युयोर्कतर्फ लागेको माल्टाको ध्वाजावाहक ट्याङ्कर अक्टोबर २३ मा ट्रयाकिङ प्रणालीमा देखिएको छ । सोही दिन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पहिलो ट्याङ्कर प्रस्थान गरेसँगै अमेरिकातर्फ रुसी डिजेलको आपूर्ति नियमित रूपमा जारी रहने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’...

#रुस #अमेरिका
Compare →
Bizshala
9h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस
Compare →
Onlinekhabar
14h ago
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि …

#रुस
Compare →
Nagarik News
3d ago
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#रुस
Compare →

Related Stories

World News
Build #2611