बिरामी अस्पताल पुग्दा सबैभन्दा पहिले आवश्यक पर्ने कुरा उपचार हो। अचानक दुर्घटना हुनु, मुटुसम्बन्धी समस्या देखिनु, श्वासप्रश्वासमा कठिनाइ हुनु वा अन्य कुनै गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनुजस्ता परिस्थितिमा समयको महत्त्व अरू सबै कुराभन्दा माथि हुन्छ। त्यस्तो बेला बिरामी र उनका आफन्तको पहिलो प्राथमिकता रोगको निदान, जीवन रक्षा र उपचारको व्यवस्था गर्नु नै हुन्छ। त्यसपछि मात्र बीमासम्बन्धी कागजात खोज्ने, विवरण प्रविष्ट गराउने वा भुक्तानीको सुनिश्चितता गर्ने विषयमा ध्यान जान सक्छ। यही मानवीय यथार्थलाई नेपालको स्वास्थ्य बीमा कार्यक्रमले कार्यान्वयनको तहमा अझ सरलीकृत रूपमा सम्बोधन गर्न सकारात्मक विमर्श आवश्यक देखिन्छ।
नेपाल सरकारले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण आधार हो। नागरिकलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिनु, स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु र उपचारको आर्थिक भार व्यवस्थापन गर्नु यसको मूल उद्देश्य हो। यस कार्यक्रमको महत्त्वमाथि कुनै द्विविधा छैन। बरु, यसलाई अझ प्रभावकारी, पारदर्शी, वैज्ञानिक र नागरिकमैत्री बनाउँदै लैजानु राज्य, स्वास्थ्य बीमा बोर्ड र सेवाप्रदायक संस्थाहरूको साझा हितको विषय हो।
Read full story at source ( swasthyakhabar.com )