Trending
Prev Story
Next Story

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

Nagarik News •
November 05, 2026 • 08:20 AM
1
1 reads 0 reactions

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात ठूला अस्पतालमा जलनको उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यसका लागि ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको उनले बताए।

कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा जलन उपचार सेवा विस्तार गर्न थालिएको हो।

मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ।

मन्त्रालयले यसअघि उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम दिएको छ।

तालिममा नारायणी अस्पताल, वीरगन्जबाट डा प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।

तालिमपश्चात् सो जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न, गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सेवाको विस्तार गर्ने छन्। तालिम मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा सञ्चालन गरिएको छ।

महानिर्देशक डा पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धी तालिम दिने बताए।

प्रकाशित: १९ कार्तिक २०८३ १४:०५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

प्रारम्भिक चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवा...

#प्रभावकारी #बनाउन
Compare →
Onlinekhabar
1d ago
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#उपचार #अस्पताल
Compare →
Ekantipur
5h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#उपचार
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →

Related Stories

Health & Wellness
Build #2611