बलिउड अभिनेता ऋतिक रोशन र सुजैन खान कुनै समय फिल्म उद्योगका चर्चित जोडीमध्ये पर्थे । सन् २००० मा विवाह गरेका उनीहरूले करिब १४ वर्षपछि सम्बन्धविच्छेद गरे । अहिले दुवै आ–आफ्नो जीवनमा अघि बढिसकेका छन् । ऋतिक अभिनेत्री सबा आजादसँग प्रेम सम्बन्धमा छन् भने सुजैन अभिनेता अर्सलान गोनीसँग सम्बन्धमा छिन् ।
सम्बन्धविच्छेद भएको वर्षौँपछि सुजैनले आफ्नो वर्तमान सम्बन्ध र पूर्वपति ऋतिकसँगको सम्बन्धबारे खुलेर कुरा गरेकी छन् । उनले अर्सलानले आफ्नो जीवनमा प्रेम र साथको कमी पूरा गरेको बताएकी छन् । सुजैनका अनुसार अर्सलान उनको जीवनमा आएपछि उनले प्रेम र साथको नयाँ अनुभूति गरेकी छन् । उनले अर्सलानलाई असल व्यक्ति भन्दै आफ्नो जीवनमा उनको उपस्थितिप्रति खुसी व्यक्त गरेकी छन् ।
Read full story at source ( onlinekhabar.com )