Trending
Prev Story
Next Story

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड लगानी गर्ने

Arthasansar •
October 14, 2026 • 01:21 PM
4
4 reads 0 reactions

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असोज...

एनआरएन इन्फ्रास्ट्रक्चरले दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड लगानी गर्ने

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले छुजुङ खोला र दुधकोशी–२ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

कम्पनीले ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत् आयोजनामा २० लाख कित्ताबराबर २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । उक्त आयोजना सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको छ । त्यस्तै, ७० मेगावाट क्षमताको दुधकोशी–२ जलविद्युत् आयोजनामा १ करोड कित्ताबराबर १ अर्ब रुपैयाँ लगानी गरिने कम्पनीले जनाएको छ । उक्त आयोजना दुधकोशी हाइड्रोपावर नेपाल लिमिटेडले प्रवर्द्धन गरिरहेको छ ।

यसैगरी, कम्पनीले मोरङमा रहेको अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिज लिमिटेडमा पनि लगानी गर्ने भएको छ । कम्पनीले उक्त उद्योगमा २ लाख ८५ हजार कित्ताबराबर ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ । दुई जलविद्युत् आयोजनामा १ अर्ब २० करोड रुपैयाँ र केबल उद्योगमा थप ९ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी गर्ने निर्णयसँगै एनआरएन इन्फ्रास्ट्रक्चरको प्रस्तावित कुल लगानी १ अर्ब २९ करोड ७५ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#जलविद्युत् #आयोजना
Compare →
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #आयोजना
Compare →
Hamro Patro News
1w ago
बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम भीषण बाढीले ठप्प भई करिब रु १८ देखि रु २० करोड क्षति पुगेको छ। आयोजना प्रमुखले बाढीले क्षतिग्रस्त सं...

#जलविद्युत् #आयोजना
Compare →
Ekantipur
4d ago
पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।

#जलविद्युत्
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →

Related Stories

Business & Economy
Build #2611