Trending
Prev Story
Next Story

इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, काठमाडौं । इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ । सन् १९९६ देखि हालसम्मको …

इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता

१० कात्तिक, काठमाडौं । इजरायलमा आज मंगलबार (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ । निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ ।

सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् ।

उनका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’सहित मैदानमा छन् । गाजामा युद्ध चलिरहेका बेला आइजेनकोटले आफ्ना छोरा गुमाएका थिए ।

त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी तथा पूर्वकमाण्डो यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् ।

पूर्वरक्षामन्त्री एविग्डोर लिबरम्यान पनि नेतान्याहुका प्रमुख आलोचकका रूपमा देखिएका छन् । कुनै समय नेतान्याहुका निकट सहयोगी रहेका लिबरम्यान नेतृत्वको ‘इजरायल अवर होम’ पार्टीलाई पूर्वसोभियत संघबाट इजरायल आएका आप्रवासी समुदायको उल्लेख्य समर्थन रहेको छ ।

दक्षिणपन्थी नेताहरूको साथमा नेतान्याहु

नेतान्याहुको सरकारलाई अर्थमन्त्री बेजालेल स्मोट्रिच र राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरजस्ता दक्षिणपन्थी नेताहरूको समर्थन प्राप्त छ ।

उनीहरू प्यालेस्टिनीहरूप्रति अपनाइएका कठोर नीतिहरू र पश्चिम किनारमा इजरायली बस्ती विस्तारको समर्थनका कारण अन्तर्राष्ट्रिय आलोचनामा पर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नेतान्याहुलाई समर्थन गर्दै आएका छन् ।

निर्वाचनमा नेतान्याहुको नेतृत्वमा रहेको राजनीतिक गठबन्धनले कति सिट जित्छ भन्ने विषयले आगामी सरकारको स्वरूप निर्धारण गर्नेछ । विपक्षी दलहरूबीचको सहकार्य र साना दलहरूको समर्थन पनि सरकार गठनका लागि निर्णायक हुन सक्छ ।

इजरायलको संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ ।

इजरायलमा मतदाताले प्रत्यक्ष रूपमा कुनै एक उम्मेदवारलाई नभई राजनीतिक दललाई मत दिन्छन् । दलहरूले प्राप्त गर्ने मतको अनुपातका आधारमा संसदमा सिट बाँडफाँट गरिन्छ ।

यस व्यवस्थाका कारण कुनै एक दलले स्पष्ट बहुमत प्राप्त नगरेको अवस्थामा सरकार गठनका लागि विभिन्न दलबीच गठबन्धन आवश्यक पर्छ ।

त्यसैले निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दलको मात्र नभई सम्भावित गठबन्धनको अंकगणितले पनि नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन ने...

#इजरायल #नेतान्याहु
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →
Nagarik News
5d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →

Related Stories

Politics & Governance
Build #2611