Trending
Prev Story
Next Story

बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो । बेनी खानेपानी तथा …

बाढीपहिरोले पाइपलाइन क्षतिग्रस्त हुँदा बेनीमा खानेपानीको चरम अभाव

१० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी आपूर्ति गर्ने पाइपलाइनमा क्षति पुगेपछि बजारमा पानीको आपूर्ति घटेको हो ।

बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्ने भए पनि हाल प्रतिसेकेन्ड आठ लिटरका दरले मात्र पानी आपूर्ति भइरहेको छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसंख्यालाई खानेपानी वितरण हुँदै आएको छ ।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने डाँडाखर्क र रिठाखर्कका मुहानबाट बेनीमा पानी ल्याउने १४ किलोमिटर लामो पाइपलाइन क्षतिग्रस्त भएको छ ।

बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्न थालिएको छ ।

‘कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिरहेका छौँ । तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउने तयारीमा जुटेका छौँ,’ अध्यक्ष गिरीले भने, ‘राहुपारेसम्म पानी सञ्चालन भइरहेको पाइपलाइनको राहुपारे–गलेश्वर खण्ड पुनर्निर्माण गर्ने र बेनी बजार क्षेत्रमा नयाँ पाइपलाइन विस्तार गर्ने काम भइरहेको छ ।’

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन एक महिनादेखि बन्द छ । मागअनुसार पानी आपूर्ति हुन नसकेपछि बेनीको रेडक्रस मार्गका बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन् ।

स्थानीयवासी दिनेश जिसीले आलोपालो प्रणालीबाट वितरण गरिएको पानीले नपुगेपछि निजी मुहानबाट पानी ल्याउनुपरेको बताए ।

खानेपानीको अभावले बजारवासीका साथै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन् । यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लबलगायतका सङ्घसंस्थाले ट्याङ्कर र ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए ।

अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको अध्यक्ष गिरीले बताए।

अल्पकालीन विकल्पका रूपमा रिठाखर्क मुहानको पानी आपूर्ति गर्ने तथा मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा लिफ्ट प्रविधिबाट पानी तानेर वितरण गर्ने वैकल्पिक स्रोत सञ्चालनका लागि पनि पहल भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमान तयार पारिएको छ ।

गत साता बेनी आउनुभएका नेपाल सरकारका पूर्वाधारमन्त्री सुनिल लम्सालसमक्ष संस्थाका पदाधिकारीले खानेपानी आयोजना पुनर्निर्माण तथा सुधारका लागि बजेट व्यवस्था गर्न प्रस्ताव पेस गरेका थिए ।

मन्त्री लम्सालले तत्काल बजेट व्यवस्था गरी ठेक्कामार्फत बेनी खानेपानी योजनाको पुनर्निर्माण गरिने प्रतिबद्धता जनाएका थिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

कांग्रेसले बाढीपहिरो प्रभावितलाई मानसिक स्वास्थ्य परामर्श दिने

बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढीपहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

#बाढी-पहिरो #बाढीपहिरो
Compare →
Ekantipur
1w ago
विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

#बाढी-पहिरो #बाढीपहिरो
Compare →
Hamro Patro News
2d ago
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेण...

#खानेपानी
Compare →
Bizshala
1w ago
तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

काठमाण्डौ ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा साना तथा ठूला...

#खानेपानी
Compare →

Related Stories

Science & Climate
Build #2611