Trending
Prev Story
Next Story

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

Ekantipur •
November 06, 2026 • 11:01 AM
1
1 reads 0 reactions

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

विपद्पछि बस्ती छाड्ने बाध्यता, पुनर्निर्माणको अन्योलले रित्तिँदै प्रभावित गाउँ

बाढीपहिरोमा घरबार गुमाएका परिवारले जग्गा, राहत र पुनर्निर्माणमा ढिलाइ भएपछि सुरक्षित तथा सुविधायुक्त ठाउँ खोज्दै गाउँ छाडिरहेका छन्।

बागलुङ — हरेक वर्ष बाढीपहिरोलगायत विपद्पछि प्रभावित परिवारले गाउँ छाड्ने क्रम बढ्दो छ । ऋण खोजेर होस् वा भएको जग्गाजमिन बेचेर, उनीहरू सुरक्षित र सुविधायुक्त ठाउँको खोजीमा बसाइँ सर्ने गरेका छन् । विपद्का कारण घरबार गुमाएकाहरूलाई आफ्नै थातथलोमा फर्काउन नसक्दा यो क्रम रोकिएको छैन ।

यस वर्ष पनि बागलुङमा ठूलो विपद् आयो । बाढीपहिरोमा १५ जनाले ज्यान गुमाए भने ४० भन्दा बढी परिवारको बास उठ्यो । उनीहरू आफ्नै थातथलोमा फर्कने सम्भावना न्यून बन्दै गएको छ ।

गत असोजमा बाढीपहिरोले क्षति पुर्‍याएको निसीखोला गाउँपालिका–३ मा घरबारविहीन भएकाहरूलाई पुरानै ठाउँमा पुनःस्थापित गर्न कठिन देखिएको वडा अध्यक्ष रमेशविक्रम शाहीले बताए । बाढीले घरखेत बगाएपछि दसैंमा पनि ती परिवारले आफ्नै घरमा बस्न पाएनन् । उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसे । अब भने त्यही ठाउँमा घर बनाउने सम्भावना कम हुँदै गएको छ । कतिपयको घडेरी नै बाँकी छैन भने कतिपयको माथिल्लो बस्तीमा गोठ छ । उनीहरू त्यतै सर्ने सोचमा छन् । सडकछेउमा आएर बसेकाहरूलाई फेरि माथिल्लो क्षेत्रमा गएर जीविकोपार्जन गर्न पनि कठिन हुने स्थानीय बताउँछन् ।

निसीखोलाका राजमान बुढाको परिवारले यसपटकको चाडपर्व आफ्नै घरमा मनाउन पाएन । घरखेत सबै बगेपछि उनीहरू सहकारीको भवनमा आश्रय लिएर दिन बिताइरहेका छन् । अब समयमै जग्गाजमिन पाएर घर बनाउने वातावरण नभए बसाइँ सर्ने मनस्थितिमा पुगेका छन् ।

स्थानीय दिलकुमारी रेग्मीको परिवार देवरको घरमा आश्रय लिएर बसेको छ । विदेशमा रहेका पति फर्केपछि चितवन झर्ने उनको सोचाइ छ । समयमा घर बनाएर बस्ने वातावरण नबन्दा पीडितहरू बसाइँ सर्ने अवस्थामा पुगेको वडा अध्यक्ष शाहीले बताए । ‘विपद् व्यवस्थापन समितिमार्फत छिटो राहत र घर बनाउने पैसा दिन सकियो भने पीडितले गाउँघरमै जग्गा खोजेर तयारी गर्छन्, ढिला भएपछि यहाँ बस्ने सोचाइ बदल्छन्,’ शाहीले भने, ‘यो पहिरोले गाउँका आधाभन्दा बढी पीडित विस्थापित बन्ने खतरा बढेको छ ।’

सरकारले जग्गा व्यवस्थापन गर्नुपर्ने र तोकिएको मापदण्डअनुसार मात्रै घर बनाउनुपर्ने प्रावधानले पनि पीडितलाई समस्यामा पारेको छ । आफ्नै तरिकाले घर बनाएपछि सरकारी अनुदान पाउने व्यवस्था भए तत्काल घर बनाउन खोज्नेहरू धेरै छन् । तर, प्रक्रियागत झन्झटका कारण एक वर्षसम्म पनि पुनर्निर्माणको काम थाल्न मुस्किल हुने अवस्था छ । यसले गर्दा धेरै परिवार बसाइँ सर्ने मनस्थितिमा पुगेका हुन् । दसैं गाउँमै बिताएकाहरू पनि अब स्थायी बसोबासको खोजीमा छन् ।

जग्गाको व्यवस्थापन भए विपद् प्रभावितले घर पुनर्निर्माणका लागि सरकारले चार लाख रुपैयाँ दिने व्यवस्था छ। तर, घर बनाउन उपयुक्त जग्गा नै भेटाउन कठिन रहेको बुढाले बताए । ‘अब त ओत लाग्ने ठाउँ नै छैन, कता घर बनाउने भन्ने अन्योल छ,’ रेग्मीले भनिन्, ‘जीवनभरको कमाइ बग्यो, अब केले बनाउने होला ?’

घर बनाउँदा लिएको ऋणसमेत तिर्न बाँकी रहेकाले यो परिवार गाउँमै फेरि लगानी गर्ने सोचमा छैन । रेग्मीका पति हेमलाल अहिले पनि दुबईमा छन् । बिदा नमिलेका कारण उनी दसैंमा आउन पाएनन् । तिहारसम्म आउने तयारीमा छन् ।

बुढा र रेग्मी मात्र होइन, उनीहरूकै छिमेकी प्रेम पौडेलको अवस्था पनि उस्तै छ । उनको पनि घरखेत सबै बगेको छ । भैंसीको गोठमा बारेर बसेका उनीहरू अब गाउँ छाड्ने मनस्थितिमा छन् । बुर्तिवाङ बजारमा रोजगारीको अवसर भएकाले बजार झर्ने उनीहरूको सोचाइ छ । यसरी बसाइँ सर्दा गाउँ रित्तिने गरेको स्थानीय तारानाथ पौडेल बताउँछन् । केही पैसा भएकाहरूले राम्रो ठाउँ खोजेर बसाइँ सर्दा आर्थिक अवस्था कमजोर भएकाहरू पनि ऋण खोजेर सर्ने प्रवृत्ति बढेको उनको भनाइ छ ।

सरकारले तोकेको मापदण्डअनुसार घर बनाउनु पनि पीडितका लागि चुनौती बनेको छ । मापदण्डका घरमा परिवारका सबै सदस्य अटाउन नसक्ने र त्यस्तो घर नबनाए अनुदान नपाइने बाध्यताले उनीहरूलाई थप समस्यामा पारेको छ । ‘तोकेको मापदण्डका घर बनाउनुपर्ने, इन्जिनियरकै रोहबरमा बनाउनुपर्ने बाध्यता छ,’ पीडित प्रेम पौडेलले भने, ‘सरकारी अनुदानमा व्यक्तिले पनि रकम थपेर परिवार बस्न मिल्ने घर बनाउन पाए बल्ल ठीक हुन्थ्यो ।’ तोकिएको मापदण्डले पीडितको आवश्यकता पूरा नगर्ने र समयमा राहत नआउने हो भने बसाइँ सर्ने जोखिम बढ्ने उनले बताए ।

निसीखोलाका बाढीपीडित बाबुराम नेपाली, खिमलाल पौडेललगायतले पुनर्निर्माणका लागि एकमुष्ट रकम दिनुपर्ने र पीडितले आफैं जग्गा खोजेर ऋण वा आफ्नै रकम थप गरी घर बनाउन पाउनुपर्ने माग गरेका छन् । मापदण्ड र प्रक्रिया झन्झटिलो हुँदा पीडितले समयमा घर बनाएर बस्न नपाउने जोखिम रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती बताउँछन् । पीडितलाई छिटो पुनःस्थापना गराउन कार्यविधि र मापदण्डमा परिवर्तन आवश्यक रहेको उनले बताए । पीडितले संघीय तथा प्रदेश सांसद र विपद् व्यवस्थापन समितिसमक्ष समेत यस्तो माग राखेका छन् ।

पहिरोको डरले रित्तियो टुनीबोट जैमिनी नगरपालिका–१ को टुनीबोटमा पाँच वर्षअघि गएको पहिरोले दुई जनाको ज्यान लियो भने आठ घरमा क्षति पुग्यो । तर, क्षति पुगेका परिवार मात्र होइन, सिंगो बस्ती नै गाउँ छाडेर हिँड्यो । कुनै समय ५० घर रहेको यो बस्ती अहिले सुनसान छ । झाडीले घरहरू ढाकिएका छन् ।

यहाँका बासिन्दामध्ये बाढीपहिरोको प्रत्यक्ष क्षति नभएका, राम्रा घर र खेत भएका तथा आयआर्जनको अवस्था राम्रो रहेका र समाजमा सम्मानित व्यक्तिहरूसमेत चितवन बसाइँ सरे । पहिरोको जोखिमका कारण बस्न नसकिने भन्दै गाउँ छाडेकाहरूका घर अहिले पनि सुरक्षित छन् । तर, मानिस नबसेकै कारण ती घर झाडीले ढाकिएका छन् । कतिपय भत्कन थालेका छन् । झन्डै ५० घर रहेको यो गाउँ अहिले रित्तोजस्तै भएको छ । केही परिवारले भने छिमेकीका घरमा बसोबास गर्ने, खेतीपाती लगाउने र पशुपालन गर्दै आएका छन् ।

छाडिएका घरमा झाडी बढेपछि बाँदरको आतंक बढेको र खेतीपाती लगाउन नसकिएको बाँकी किसान बताउँछन् । उनीहरू अहिले खेतीभन्दा पशुपालन र घाँसखेतीमा लागेका छन् । टुनीबोटको जस्तै अवस्था बागलुङका अन्य गाउँमा पनि देखिन थालेको छ । हरेक वर्ष बाढीपहिरोले एकदुई घरमा क्षति पुर्‍याउँदा त्यसैको निहुँमा दर्जनौं घरपरिवार बसाइँ सर्ने अवस्था बनेको छ । जैमिनीका धेरै बस्ती अहिले खाली छन् ।

बाक्लो बस्ती रहेका ढोरपाटन र निसीखोलामा पनि क्रमशः यो समस्या देखिन थालेको छ । २०७७ सालको बाढीले घर बगाएपछि धेरै पीडितले पुनः घर बनाएनन् । कोही बजार क्षेत्रमा झरेका छन् भने कोही अन्यत्र बसाइँ सरेका छन् । यसको यकिन तथ्यांक भने वडासँग छैन । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष भद्रमणि विकका अनुसार बाढीबाट प्रभावितमध्ये १९ घरपरिवारले मात्र पुनर्निर्माण गरेका छन् । अरूले घर बनाउन पाउने रकमसमेत लगेका छैनन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

रसुवा– भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न ...

#गाउँ #बस्ती
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#पुनर्निर्माण #विपद्पछि
Compare →
Nagarik News
5d ago
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ।

#पुनर्निर्माण
Compare →
Bizshala
9h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Technology
Build #2611